परासी, १६ बैशाख ः
रकम अभावका कारण पश्चिम नवलपरासीको पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमा हाई फ्लो अक्सिजन सहितको आइसोलेसन सञ्चालन गर्न सकिएको छैन । पहिलो चरणको कोरोना संक्रमणकै समयमा जिल्लास्थित कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले अस्पतालमा १० बेडको एचडियुसहितको आइसोलेसन निर्माण गर्ने निर्णय गरेको थियो । सोही समयमा आइसोलेसन सञ्चालनका लागि प्रदेश सरकारलाई अनुरोध गरेपनि अहिलेसम्म सेवा सञ्चालन हुन नसकेको पृथ्वीचन्द्र जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मोहम्मद नुरुल होदाले बताए । एचडियु सेवा अस्पतालको पुरानो भवनमा सञ्चालन गर्नेगरी २ दिनअघि बसेको डीसीसीएमसीको बैठकले पुन ः निर्णय गरेको छ ।