
लुदअ कपिलवस्तु, बैशाख १९
कोरोना संक्रमित बढेदै गए पछि कपिलवस्तुका धेरै नागरीकले प्रशासनले कहिले लकडाउन लगाउने भन्ने कुरेर बसेका छन् । कोभिडको दोस्रोलहरमा संक्रमित बढ्नु र अप्रत्यासित मृत्यु हुन लागे पछि नागरीकमा त्रासको वातावरण छाएको छ । तर जिल्ला प्रशासन कार्यालयले भने लकडाउन गर्ने सुरसार नै गरेको छैन ।
कपिलवस्तुमा दिनहुँ मृत्यु हुनेको संख्या संक्रमितको संख्या बढिरहदा पनि जिल्ला प्रशासन मौन रहेको एच.एफ.एच. कपिलवस्तुका जिल्ला अध्यक्ष निर्मल शर्माले गुनासो गरेका छन । सामाजिक संजाल फेस्बुक मार्फत शर्मा लेख्छन ‘कपिलवस्तुमा आगो सल्की सकेको छ, होसियार रहौं आश्चर्य लाग्छ जिल्ला प्रशासन कार्यलयले यस कुरा प्रती केही कदम नचलाउदा, अवस्था भयावह हुने संकेत छ ।
कोरोनाको पहिलो लहरको क्रममा देशमै उच्च संक्रमण रहेको कपिलवस्तुमा दोस्रो लहर पनि तिब्र गतिमा फैलिरहेकोले सबैजना सचेत रहन आग्रह गरेका छन । स्थिती भयावह भए पछि लकडाउन गर्नुको कुनै अर्थ नरहेको भन्दै अध्यक्ष शर्माले समयमै उचित कदम चाल्न आवश्यक रहेको बताए ।