ताजा अपडेट

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

मुस्ताङ र म्याग्दीमा हिमपातः यातायात, बिजुली र हवाई सेवा बन्द

लुम्बिनी दर्पण २०७८ माघ २१, शुक्रबार १४:३३
[sharethis-inline-buttons]

लुदअ माघ २१, म्याग्दी 

मुस्ताङमा फेरि हिमपात भएको छ । केही दिनदेखि मौसममा आएको परिवर्तनका कारण हिजो रातिदेखि मुस्ताङको सबै क्षेत्रमा हिमपात भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

पाँच वटा गाउँपालिका रहेको जिल्लाको माथिल्लो क्षेत्रसहित सबै ठाउँमा हिमपात भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । हिमपात भएपछि मुस्ताङका डाँडापाखा अहिले सेताम्मे बनेका छन् । वर्षा र हिमपातले तापक्रम घटेको हुँदा अत्यधिक चिसो भइरहेको स्थानीयको भनाइ छ ।

मुस्ताङमा यो सिजनको चौथो पटक भारी हिमपात भएको हो । हिमपातका कारण सडकमा हिउँ जमेकाले बेनी–जोमसोम–कोरला सडक खण्डको लेतेदेखि माथिको खण्ड अवरुद्ध बनेको प्रजिअ शर्माले बताउनुभयो।

हिमपातले गर्दा सडक बन्द भएकाले म्याग्दीबाट मुस्ताङतर्फ गाडी नपठाउन आग्रह गरिएको उहाँले बताउनुभयो । सडकमा जमेको हिउँ पग्लिएपछि र मौसम खुलेपछि मात्रै यातायात सञ्चालन हुने जनाइएको छ। मुस्ताङमा अहिले पनि सामान्य हिमपात भइरहेको छ ।

हिमपात र हावाहुरीले बिजुलीको तार चुडाएपछि मुस्ताङमा हिजो रातिदेखि विद्युत् सेवा अवरुद्ध भएको निलगिरि उपभोक्ता सहकारीको कार्यालय प्रमुख सनप्रसाद थकालीले बताउनुभयो । उहाँले अहिले अवरुद्ध विद्युतको मर्मतकार्य सुरु गरिएको हुँदा थासाङ गाउँपालिकाको ३, ४ र ५ नम्बर वडाबाहेक अन्य सबै ठाउँमा विद्युत् अवरुद्ध भएको जानकारी दिनुभयो ।

मुस्ताङमा निलगिरि उपभोक्ता सहकारीमार्फत विद्युत् सेवा उपलब्ध हुँदै आएको छ । यसैबीच वर्षा, हिमपात र कोभिड–१९ सङ्क्रमण जोखिमको कारण यात्रु नपाउँदा जोमसोम–पोखरा विमानस्थलमा हवाई उडान पनि अवरुद्ध बनेको प्रजिअ शर्माको भनाइ छ ।

यसैबीच वर्षासँगै म्याग्दीको माथिल्लो क्षेत्रमा पनि भारी हिमपात भएको छ । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ, मुना, मुदी र मल्कबाङमा हिमपात भएको छ भने हिमपातका कारण गुर्जा जाने पैदलमार्ग अवरुद्ध बनेको गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो ।

जिल्लाको अन्नपूर्ण गाउँपालिकाको पर्यटकीयस्थल घोरेपानी, पुनहिल, महरेडाँडा, खोप्रालेकलगायत क्षेत्रमा हिमपात भएको पर्यटक प्रहरी कार्यालय घोरेपानीका प्रमुख प्रहरी नायब निरीक्षक प्रेमराज गौलीले बताउनुभयो ।

गएरातिदेखि परेको हिमपातका कारण घोरेपानी क्षेत्रमा मात्रै झण्डै दुई फिटसम्म हिउँ जमेको छ भने अहिले पनि पातलो हिमपात भइरहेको छ । मालिकाको निस्कोट, रुम, ओखरबोट, देवीस्थान, मङ्गलाको टोड्के, झाँक्रीपानी र किमचौर, रघुगङ्गाको कुइनेमङ्गले, पाखापानी, चिमखोला, रुइसे तथा बेनी नगरपालिकाको गाजने र भकिम्ली क्षेत्रमा पनि हिमपात भएको छ ।

वर्षा र हिमपातले अत्यधिक चिसो बढेपछि नागरिकहरु घरभित्रै आगो, हिटर तथा कोइला बालेर बस्न बाध्य भएका छन् । वर्षा र हिमपातले खाद्यबाली राम्रो हुने भएपछि किसानहरु भने उत्साहित बनेका छन् ।


प्रकाशित : २०७८ माघ २१, शुक्रबार १४:३३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
  • सिंहदरबारमा सुरक्षा परिषद् बैठक
  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान
  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?
  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

आइतबारको बिदा हटाउने तयारीमा कोसी सरकार

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

भर्खरै

  • कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

  • विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

  • बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

  • लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

  • नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

  • ‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

  • सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

  • हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

  • निवासमै पुगेर राष्ट्रपतिले दिए कांग्रेस नेता श्रेष्ठलाई श्रद्धाञ्जली

  • आज १५ साउन, खिर खाएर मनाइँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech