ताजा अपडेट

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

म नपुगेको `त्यो उज्यालो कर्णाली´

लुम्बिनी दर्पण २०७८ चैत्र ११, शुक्रबार १८:२२
[sharethis-inline-buttons]

सबैले अँध्यारो देख्ने गरेको कर्णाली यि नियात्राकार प्रतीक ढकालले उज्यालो पो देखेछन् । यिनको नियात्रा नपढ्दा सम्म मैले पनि कर्णालीलाई निकै अँध्यारो मान्दै आएको थिएँ ।पूर्व झापामा हुर्केका थरले ढकाल ,पेशाले अधिकारी, अध्ययनशिलताले पाठक, बौद्धिकताले आचार्य यि नियात्राकार निकै जानकार रहेछन् कर्णाली बारे । सामान्य बोलचाल सम्म त ठिकै छ सिकेछन् ! तर कथा गीत चुड्किला खेलकुद सबै खस र डोटेली भाषामा ? यिनको यो पुस्तक प्रकाशन हुनुभन्दा पहिले पनि मैले संयोगले एउटा टेलीभिजन च्यानलमा यिनको अन्तरवार्ता हेरेको थिएँ । त्यस बखत  पनि म दङ्ग परेको थिएँ कि , एउटा झापाको व्यक्ति  कर्णाली सभ्यता र संस्कृतिको बारेमा निकै नै जानकार रहेछन् भन्ने लागेको थियो।
पुस्तकको शिर्षकले नै पढ्ने मन हुनेहरुलाई आकर्षण गरेको छ । कर्णाली त अँध्यारो हुनुपर्ने तर उज्यालो ? आखिर `य: कर्षते स: कृष्ण:´ अर्थात् , `जसले आकर्षण गर्दछ त्यो कृष्ण हो´ भन्ने लेखकीय दृष्टिकोणले वासुदेवको भूमिका पनि  यिनले निभाइहाले । एक मनले भन्दै थियो माथिल्ला सिँढिका सर्जकहरुका कृतिको के प्रतिक्रिया गर्नु ? तर स्कूले जीवन मै पनि त भानुभक्त , लेखनाथ र बालकृष्ण सम जस्ता विभूतिहरुका कृति उपर पनि त जानीनजानी सप्रसंग व्याख्या गरेकै त हो नि । अर्कोतिर लेखक स्वयंले अघोषित रुपमा मलाई प्रतिक्रिया दिने जिम्मा दिएका थिए , किनकि यिनको पुस्तकले बजार पिटेकै थियो र म पनि धेरै पाठकहरुका माझ अर्को एक पाठक थिएँ, त्यसैले यो पुस्तकका बारेमा प्रतिक्रिया पोख्नु पाठकीय दृष्टिकोणले उचित ठाँने  । जसरी सिनेमा हेरेपछि प्रत्येक दर्शकले उक्त सिनेमाको बारेमा समिक्षा गर्छन्, त्यसैगरी  हरेक पाठकले कृति पढेपछि समिक्षा गर्छन् । फरक त्यत्ति मात्र हो प्रतिक्रिया या समिक्षालाई फेरि अभिव्यक्तिको रुपमा लेख्नु या मनन मात्रै गर्नु ?  ।
हुन त म धेरै नै पढ्ने पठनाथ र प्रतिक्रियादि लेख्ने लेखनाथ पनि होइन, तर चर्चित पुस्तकहरु मध्येका केही सकारात्मक शिर्षकले भने मलाई निकै प्रभाव पार्ने गर्दछ । यदि यो पुस्तकको शिर्षक`त्यो अँध्यारो कर्णाली´ भएको भए मलाई खासै प्रभाव नपार्न पनि सक्थ्यो कि ? वास्तव मै  कर्णाली आफैमा निहित हजारौं संभाव्यताका बाबजुद पनि भौतिक बिकास तथा पूर्वाधारका दृष्टिले अँध्यारो नै छ , तापनि लेखकले प्राकृत रुपमा उज्यालो देख्नु उनको नियात्रा साहित्य क्षेत्रको अनुभव , लेखकीय निखारताका साथै उनको प्रकृति प्रतिको मोहपन नै अब्बल हो । जीवन र जगतको गहिराईलाई बुझेका यि लेखक व्यवहारिक पक्षमा पनि भानुभक्तको –
`त्यस घाँसीले कसरी आज दिए छ अर्ति।
धिक्कार हो म कन बस्नु न राखि किर्ति ।। ´
भन्ने कविताको भाव जस्तै यिनले सेवानिवृत्त जीवन किर्तिमय बनाउन तल्लीन छन् । अक्षरको यात्रालाई अक्षय यात्रा भन्न रुचाउने नियात्राकार ढकाल कै `Beyond the Himalayas´ भन्ने कृति दशक अघि पढ्ने अवशर प्राप्त भएको थियो । खासगरी  हिमालसंग नजिकिने र हिमाललाई नै बढी चिनाउन खोज्ने ढकाल यहाँ भने कर्णाली सभ्यता,भाषा, संस्कृति , इतिहास र रारासंग निकै गहिरो पिरती गाँसेका छन्। यदि सिङ्गो कर्णालीको बिकासे भेल उर्लियो  भने पुरै  देशलाई कायापलट गर्ने क्षमता छ कर्णालीमा भन्ने कुरा  लेखकले प्रष्ट्याएका छन् ।

कर्णाली एक नदी मात्रै होइन यो त समग्र मानव सभ्यता हो भनी सिन्धुसभ्यता र मोहोन्जोदाडो सभ्यतासंग तुलना गरेर कर्णालीलाई काँधमा बोकेका छन् । सामान्य बर्तमान कालको बढी प्रयोग गरिएर लेखिएको यो पुस्तकले प्राय: पाठक स्वयंलाई कतै निकैबेर प्रतीक्षा गर्नुपरेको अनुभूति दिएको छ भने कतै पुस्तकका पात्र रानीसाब र मेजरसाबसंग संगै रारातालमा तैराएको छ र मदिरारूपी  राराको सौन्दर्यताले लठ्याएको छ । अँ साँच्चै ! पुस्तकमा फेला परेका पात्रद्वय मेजरसाब र मेजर्नीसाबले यो किताब पढे होलान् कि कतै ?
यिनको यो नवौं कृति रहेछ । पौने दर्जन पुस्तक सम्म आइपुग्दा निखारतामा त प्रश्नै रहेन । त्यो उज्यालो कर्णालीको पाण्डुलिपि घुम्दाघुम्दै तयार भएको रहेछ भन्ने बुझिन्छ ।  सायद यो पुस्तक  लेखनका लागि नै लेखक ढकाल  कर्णाली सयर गर्न गएका हुन् कि भन्ने आभास हुन्छ । भाषिक हिसाबले कतै `टिकटित´र कतै `जुजी´ जस्ता नयाँ शव्दहरुको न्वारन गर्न निकै खप्पिस  देखिन्छन् लेखक। बोलचालीको शैलीमा लेखिएको  यो पुस्तकमा कर्णालीको स्थानीय भाषाले निकै स्थान पाएको छ बेला बेलामा संस्कृतश्लोकहरु र आङ्लभाषाले समेत घुसपैठ गरेको छ। विद्यालयको साइनबोर्ड शुद्ध लेखेको देख्दा खुशी हुने लेखक कहिले राराको जलनिर्मलतामा रमाउँछन् भने कहिले भाषिक निखारतामा , कहिले कर्णालीबासीका व्यवहारमा नतमस्तक हुन्छन् भने कहिले कर्णाली संस्कृतिमा ।

केवल कर्णाली कै बारेमा मात्र लेखिएको नियात्रा कृति भित्रै पनि पाल्पा , गुल्मी , नवलपरासी, अर्घाखाँची आदि स्थानहरुलाई समेत स्मरणात्मक रुपमा कर्णाली भित्र घुसाउन सक्ने लेखकीय चातुर्यता निकै सह्रानीय छ । नयाँ भूमि स्पर्श गर्ने बित्तिकै निधारमा विभूति धारण गर्ने लेखकलाई दलहरूका नेतृत्व  प्रति भने  वितृष्णाको बादल मडारिएको  रहेछ। बेलाबेलामा तोकेरै गाली गर्न पछि हटेका छैन्न् ।
जे होस् , एकपटक यो पुस्तक पढ्नेको मनमा कर्णाली भ्रमणको तरंग कसो नउठ्ला ? यो कृति नेपाली नियात्रा  क्षेत्रको एक चर्चित पुस्तकका रुपमा सधैं छाइरहोस् । साधुवाद र शुभकामना छ ! देश दर्शन र विदेशाटन गरेका देशका विभिन्न स्थानलाई कर्मथलो बनाएका नेपालको हिमाल र प्रकृतिलाई `मया´ गर्ने एउटा बूढो तन्नेरी प्रकृतिप्रेमी नियात्राकार ढकाललाई ; जसको लेखनले मिनेट मिनेटमा घच्घच्याइरहेछ त्यो उज्यालो कर्णाली घुम्नला ।


प्रकाशित : २०७८ चैत्र ११, शुक्रबार १८:२२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई
प्रतिक्रिया

यो पनि पढौँ

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

बितेका दिन, बाँचेका अनुभूति

भविष्यको खोजीमा मेरो यात्रा

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

जीवनका निर्णय

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

विद्यार्थी जीवन ( कविता)

कला, संघर्ष र समाज रुपान्तरणको पर्याय ः सिद्धार्थ नाट्यशाला

विद्यार्थी जीवन

मेरो लक्ष्य, उज्यालो भविष्य

भर्खरै

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस

  • पच्चिस कुञ्ज बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पौडेल सर्वसम्मत


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech