दिपेन्द्र तिमल्सिनाको निर्देशनमा मनोज केसीको ‘घर त गैरी गाउँ’ सार्वजनिक (भिडियो सहित)

[sharethis-inline-buttons]

रिता खनाल, कपिलवस्तु ।

घर त गैरी गाउँ बोलको उक्त म्युजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय गित संगितको क्षेत्रमा उत्कृष्ट संगित गर्दै आउनुभएका सर्जक तथा गायक मनोज केसी, गायिका अस्मिता अधिकारीको नयाँ गीत घर त गैरी गाउँ सार्वजनिक भएको हो ।

केही दिन अगाडि सार्वजनिक भएको उक्त गीतमा मनोज केसीको संगित तथा शब्द पनि मनोज केसी र राम गुरुङ्कै रहेको छ । माया प्रेममा समर्पित उक्त गीतमा मनोज केसीले उत्कृष्ट शब्द तथा संगीत दिने कोसिस गरेका छन् ।

गीतका प्रत्येक शब्दले सुन्ने सबैको ध्यान केन्द्रीत गरेको छ । यस गीतको अडियो सँगै भिडियो पनि उत्कृष्ट बनेको छ । भिडियोमा जुना सुनदास, आयुष्मा कार्की गणेशमान घले र रमेश थापाले अभिनय गरेका छन् । दिपेन्द्र तिमिल्सिनाको निर्देशनमा रहेको भिडीयोले सार्बजनिक भएको ४ दिनमा करिब ५५ हजार दर्शकको माया बटुलेको छ ।

भिडियो


प्रकाशित : २०७९ माघ १८, बुधबार १९:३३