गायक जिवन परियारको साइला गीत सार्वजनिक ( भिडियो सहित)

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस,कपिलवस्तु

गायक तथा सर्जक जिवन परियारको नयाँ गीत साइला बजारमा सार्वजनिक भएको छ । मौलिक लय रहेको सो गीतमा जिवन परियारको संगीत र जिवन परियार र चन्दा गुरुङको स्वर रहेको भने गीतमा शब्द संयोजन बिनोद ढकालको रहेको छ । गीतको म्युजिक भिडियोमा चर्चित नायक धिरेन शाक्य र नायिका रेजिना उप्रेतीले अभिनय गरेका छन् । महेश बिक्रम पाण्डेको सम्पादन रहेको सो गीत पुनम रेकर्डिङ स्टुडियो मार्फत रेकर्ड गरी प्रियसी म्युजिक मार्फत बजारमा ल्याइएको छ । अहिले सम्म करिव ३ दर्जन जति गीतमा स्वर भरिसकेका परियारले मौलिक र टिपिकल खालका गीतहरु बजारमा ल्याउने गरेका छन् । भिडियोमा शिव वि.क.ले निर्देशन गरेका छन् ।

भिडियो ………

https://www.youtube.com/watch?v=E-aMqNgXsAI


प्रकाशित : २०८० बैशाख २७, बुधबार १०:४३