काठमाडौं । नेपाली र कोरियाको दौत्य सम्बन्धको पचासौँ वर्षगाँठको अवसरमा कोरियामा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । राष्ट्रिय सङ्गीतकर्मी संघका अध्यक्ष एवम् चलचित्र निर्माता विक्रमजंग शाहले सन् २०२४ मा कार्यक्रम गर्ने लागेका हुन् ।
कार्यक्रमका लागि हाल कोरियामा रहेका शाहले कार्यक्रम स्थल अवलोकन सहित कोरियन पक्ष सङ्ग सम्झौता गरेका छन् । दुई देश बिचको कला संस्कृतिको आदान प्रदान गरी एक आपसमा दौत्य सम्बन्ध स्थापित गर्न लागिएको शाहले आफ्नो फेसबुकमा स्ट्याटस मार्फत जानकारी गराएका छन् ।
नेपाल सरकार परराष्ट्र मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कोरियन सरकारको सम्बन्धित मन्त्रालयको समन्वयमा हुन लागेको शाहले जानकारी दिएका छन् । कार्यक्रममा नेपालको संस्कृति झल्किने खालका झाँकी, सालै जो, कौडा, काठे भाका, देउडा भाकाहरू प्रस्तुत हुने आयोजकले बताएको छ ।
यस अगाडी थुप्रै देशमा कार्यक्रम संचालन गरिसकेको अनुभव संगाली सकेका शाहले सन् २०२३ को अन्तिममा थाइल्याण्ड,मलेसिया,सिंगापुर इण्डोनेसियामा कार्यक्रम गर्ने तयारी रहेको बताउनु भयो । सन् २०२४ मा कोरिया सँगै क्यानडामा पनी कार्यक्रम गर्ने योजना रहेको उनले बताए ।