ताजा अपडेट

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

चन्द्रागिरि : घाम र कुहिरोसँग लुकामारी

लुम्बिनी दर्पण २०७८ आश्विन ९, शनिबार १७:३४
[sharethis-inline-buttons]

चन्द्रागिरि , आश्विन ९

फुस्फुस उड्डै आउने कुहिरोको शीतल स्पर्श । फेरि छिनमै पारिलो घामको न्यानोपन । बादलसँगै कुहिरोको शीत र घामको किरणको लुकामारी चल्छ । यही स्वर्णीम मौसमका कारण काठमाडौँका शिर झैँ उभिएको अग्लो चन्द्रागिरिको चुचुरो अचेल बादलभित्रको स्वर्ग झैँ रमणीय बनेको छ । यति बेला चन्द्रागिरि पुग्ने पर्यटक त्यसैमा रमाएर फुरुङ्ग छन् ।

आगन्तुक हरियो डाँडामा कुहिरो र घामकोे अलौकिक दृष्यलाई पृष्ठभूमि पारेर हतारहतार क्यामेरामा कैद गर्न मरिहत्ते गर्छन् । बढ्दै गएको चिसोकैमाँझ जाडो याममा भने यहाँ हिउँ खस्छ । हिउँसँग खेल्ने प्रतिक्षामा धेरै छन् । मनसुन घर्किंदै गएको बखत, बिहीबार घरी आकास खुल्ने त घरी डम्म बादलले भरिनेक्रम दिनभरजसो नै जारी रह्यो । बेलाबेलामा प्राप्त हुने तापिलो सूर्यको किरणले आगन्तुकलाई शरद् ऋतुले स्वागत गरेएको झैँ मौसमको अनुकूलता अनुभूत गरायो । सिङ्गो काठमाडौँ उपत्यकालाई चन्द्रागिरिको टुप्पोबाट नियाल्न पाउँदा आगन्तुक दङ्ग पर्छन् । “खाल्डोभरिका घर त सानासाना बट्टा जस्ता ओइ हेर न”, एक युवती सङ्गीसँग भन्दैथिइन ।

 

पश्चिम नेपालबाट घुम्न आएकी ८७ वर्षीया आमा भद्रकला र श्रीमती नन्दासँगै ६६ वर्षका प्रमा थानीले त्यही मौसमको मजा लिए । चन्द्रागिरि यात्रा भद्रकलाका लागि पहिलो हो । उनले जीवनकै नौलो क्षण बटुलिन । आउँदा वनको माथिमाथि मन्द गतिको केबलकार यात्राले उनलाई थप पुलकित बनायो । केबलकारबाट तल हरिया थुङ्गा झैँ रुख देखिए । सयौँ थरीका बोटबिरुवाको रौनक अर्कै थियो । केबलकार वनको केही नजिक पुग्दा लता लहरामा फुलेका वनफूलको सौन्दर्यले मन उसै लोभ्याउँथ्यो । “यो बुढेसकालमा नयाँ ठाउँ घुम्न पाउँदा कति रमाइलो कति, पुरानो महत्व बोकेको ठाउँ पनि हो, एकपटक हेरौँ भनेर आएको”, भद्राकुमारीले पहिलो अनुभव सुनाइन ।

माथि पुगेपछि ठाउँठाउँ सामूहिक अनि ठाउँठाउँ एक्लाएक्लै तस्वीर लिने आन्तरिक पर्यटक बाक्लै थिए । फाट्टफुट्ट विदेशीसमेत मिसिन्थे । पृथ्वीनारायाण शाहको शालिक नजिक पुगेर औँलो उठाएको भान पार्दै पालैपालो तस्वीर कैद गर्न कसैले छुटाएनन् । यहाँ रहेको भालेश्वर मन्दिरसँगै मानव निर्मित आकर्षक संरचनामा रमाउन पाउँदा पर्यटक खुसी देखिन्थे । पर्यटक समूहगतरुपमै धेरै थिए । काठमाडौंकी कल्पना शर्मा पनि साथीभाइसँग सेल्फीमा रमाइन । ठाउँठाउँमा प्रेमिल जोडी फरकफरक दृष्यमा रमाइरहेका भेटिए । समूहमा आएका एकै स्थानमा बसेर टिकटक बनाउँदै गीतमा नाँच्ने गाउने गरिरहेका भेटिए । त्यतिमात्र हैन विद्यालय खुल्ने वा बन्द हुने अन्यौलका बीच रमाइलो गर्न पुगेका बालबालिका पार्कमा खेलकुदको मजा लिन भ्याए ।

 

लामो समयदेखि बन्द रहेर गत भदौ १९ बाट यहाँको केबलकार सञ्चालनमा आएपछि झनै चहलपहल थपिएको छ । कोभिड–१९ को दोस्रो लहरका कारण उक्त केबलकार गएको वैशाख १६ गतेदेखि बन्द थियो । चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेखविक्रम शाहले स्वास्थ्यका मापदण्ड पालना गरेर केबलकार सञ्चालन गरिएको र अहिले विस्तारै विभिन्न जिल्लाबाट मानिस घुम्न आउन थालेको जानकारी दिए । यहाँ अहिले जीपलाइन र रिसोर्टसमेत सञ्चालनमा छ । दैनिक एक हजार पर्यटक पुग्न थालेका छन् । बिदाको दिनमा बढी पुग्छन् । चन्द्रागिरिको फेदबाट अलिक उकालिएपछि केबलकारको व्यवस्थापन क्षेत्र सुरु हुन्छ ।

यहाँ पुग्ने पर्यटक छोटो समय जीप लाइनको मजा लिन पनि हौसिन्छन् । उनीहरु आकर्षक संरचनालाई पृृष्ठभूमि पारेर सेल्फी लिन्छन् । चन्दागिरिबाट देखिने काठमाडौँ उपत्यकाको मनोरम दृष्यले जो कसैलाई लोभ्याउने गरेको उहाँ सुनाउनुहुन्छ । सहरको भिडभाड र सवारी साधनको हो–हल्लाबाट पर प्रकृतिको काखमा रहेको चन्द्रागिरि पर्यटकका लागि आजकाल मन बिसाउने चौतारी बनेको छ । यहाँ पुगेपछि व्यस्त सडकको धुवाँ धुलोबाट केही समय राहत मिल्छ ।

काठमाडौं जिल्लाको दक्षिण पश्चिममा पर्छ चन्द्रागिरि । छोटो समयमा मजा लिएर फर्कनसक्ने क्षेत्र हो । त्यसमाथि केबलकारले थप सहज र छिटो बनाइदिएको छ । चन्द्रागिरि सधैँ व्यस्त रहेने उपत्यकावासीको थकान भुल्याउने मुख्य थलोका रुपमा पछिल्लो समय उदाउँदो छ ।

त्यसो त उपत्यका आसापासका धेरैजसो पहाड र पर्यटकीय क्षेत्रमा यसैगरी पर्यटक जाने गरेका छन् । चन्द्रागिरि मात्रै होइन कोभिड–१९ सङ्क्रमणका कारण प्रभावित पर्यटन क्षेत्रमा विस्तारै चहलपहल बढ्न थालेको छ । आन्तरिक पर्यटक घुम्नेक्रम बढेको तत्क्षेत्रका पर्यटन व्यवसायीले बताएका छन् । फूलचोकी, काठमाडौँ, भक्तपुर र ललितपुरका दरबार स्वायर, सुन्दरीजल, स्वयम्भु, बौद्ध, बूढानीलकण्ठ, शिवपुरी, चोभार, नगरकोटलगायत क्षेत्रमा विस्तारै चहलपहल बढेको छ ।

चन्द्रागिरि प्राकृतिक सुन्दरतासँगै धार्मिक तथा ऐतिहासिक महत्वसमेत जोडिएको छ । राष्ट्र निर्माता श्री ५ बडामहाराजा पृथ्वीनारायण शाहले ससुराली मकवानपुरबाट फर्किंदा यहाँबाट खाल्डोलाई नियाल्नुभएको इतिहास छ । गोर्खा राज्यलाई एकीकृत गर्ने पहिलो योजना उनले यहीँ बसेर बनाएको भन्ने विभिन्न ऐतिहासिक दस्तावेजमा उल्लेख छ ।

यहाँ रहेको भालेश्वर मन्दिर धार्मिकस्थलका रुपमा प्रख्यात छ । यही मन्दिर दर्शन गरेर शाहले उपत्यका विजयको शक्ति प्राप्त गरेको लोक कथन पनि छ । त्यसैले यहाँ दर्शन गर्दा मनोकामना पूरा हुने विश्वास रहिआएको छ । यहाँ स्वस्थानी व्रतकथाअनुसार महादेवले बोकेर हिँड्नुभएकी मृत सतीदेवीको निधार पतन भएकाले भालेश्वर नाम रहेको किंवदन्ती छ ।

प्राकृतिक हिसाबले मनोरम चन्द्रागिरिबाट सगरमाथा, अन्नपूर्ण लाङ्टाङ, गौरिशङ्करलगायतका हिमशृङ्खलाको दृष्यपान गर्न किन्छ । विभिन्न चाडपर्वमा यहाँ मेला लाग्छ । हिमवत्खण्डको धार्मिक कथनअनुसार स्वर्गकी अप्सरा रम्भाले श्राप दिएपछि सुखुम गन्धर्व भौँतारिएर हिँडिरहेका बेला गालप ऋषिको उपदेशबमोजिम दर्शन गर्न जाँदा भालेश्वर महादेव प्रकट भएको किंवदन्ती छ ।

उसो त चन्द्रागिरि काठमाडौं उपत्यकाको हरियाली प्रवद्र्धन गर्ने मुख्य पर्वत हो । साथै नजिकका भेगका खानेपानीको पूर्ति गर्ने प्रमुख स्रोत पनि हो । काठमाडौँको थानकोटस्थित गोदामचौरबाट झण्डै १२र१३ मिनेटको केबलकार यात्रापछि यहाँ पुग्न सकिन्छ । यहाँ पुग्न सडकमार्ग र ट्रेकिङ रुट समेत छ । यहाँ पछिल्ला समयमा पैदलै चन्द्रागिरि पुगेर रमाइलो गर्ने पर्यटनकोसमेत वृद्धि हुन थालेको छ । चन्द्रागिरिबाट हाइकिङ रुट पनि सुचारु छ । जहाँबाट सिधै काठमाडौँबाट मकवानपुरको ऐतिहासिक पर्यटकीयस्थल चित्लाङसम्म पैदलमार्गबाट पुग्न सकिन्छ । श्री ५ पृथ्वीनारायण शाह यही बाटोहुँदै चन्द्रागिरि उक्लेका थिए भन्ने भनाइ छ । स्रोत नारायण ढुङ्गाना    रासस


प्रकाशित : २०७८ आश्विन ९, शनिबार १७:३४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

भर्खरै

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech