
थानेश्वर अधिकारी, २८ बैशाख २०७७ ।
राष्ट्रिय संगीतकर्मी संघको पहलमा कोरोना भाइरस ( कोभिड –१९) को कारण देश लक डाउनको अवस्थामा रहेको बेला दैनिक काम गर्न नपाएका कारण दुःख र समस्यामा परेका कलाकार एवम् विपन्न घर परिवारलाई खाद्यान्न लगायतका सामग्री बितरण गर्दे आहतमा राहत दिने काम गरेको छ ।
यसै सन्दर्भमा आज राष्ट्रिय संगीतकर्मी संघले लामो समय देखीको लक डाउनका कारण समस्यामा परेका एक दर्जन तेस्रो लिङ्गी समुदायका मानिस सहित दोहोरी साँझमा काम गर्ने करिव ३० जनालाई खाद्यान्न सामाग्री बितरण गरेको राष्ट्रिय संगीतकर्मी संघका महासचिव तथा बिपत व्यवस्थापन समितिका संयोजक बिक्रम जङ्ग शाहले जानकारी दिएका छन् ।
संस्थाले शुरुवाती अवस्थामा कलाकर्मीबाट शुरु गरेको राहत बितरण कार्यक्रम अहिले ४५ औं दिन सम्म आइपुग्दा अहिलेको संकटका कारण भोकै रहेका कलाकर्मी, रङ्गकर्मी,संगीतकर्मी सहित बिभिन्न पेशा व्यवसायमा आवद्ध मजदुर, पिछडिएका बर्ग समुदाय, सरकारको ध्यान पुग्न नसकेका दिन दुखीहरु,भिन्न क्षमता भएका व्यक्तिहरु गरी करिव अठार सय घरधुरीका लागी राहत बितरण गरिसकिएको संस्थाका उपाध्यक्ष अमृत खातीले जानकारी दिएका छन् ।
आजको राहत बितरण कार्यक्रम संगीतकर्मी संघका बरिष्ठ उपाध्यक्ष नमराज ढुंगाना, उपाध्यक्ष द्धय अमृत खाती र उमा श्रेष्ठ संस्थाका केन्द्रिय सदस्य सिर्जु अधिकारी, राजकुमार हुमागाइ ,श्याम धिताल, शान्त शिशिर लगायतको उपस्थिति रहेको सो कार्यक्रमको समन्वय गोकुल भट्ट , सुकदेब अधिकारी ,सुभद्रा पौडेल, चर्चित वाइबा,अबिरल मगर लगायतले गरेका थिए भने अभियानमा अहोरात्र खट्ने अभियान्ताहरुलाई युवा समाजसेवी रमेश गौतमले व्यक्तिगत सुरक्षाका लागी मास्क, ग्लोब्स, सेनिटाइजर लगायतका सामाग्री उपलब्ध गराएको विपत व्यवस्थापन समितिका संयोजक बिक्रम जङ्ग शाहले जानकारी दिएका छन् ।

