बाणगंगा ६ ले बनायो ६० जना क्षमताको क्वारेन्टाइन

ByLumbini Darpan Online

१२ जेष्ठ २०७७, सोमबार ०९:१० १२ जेष्ठ २०७७, सोमबार ०९:१० १२ जेष्ठ २०७७, सोमबार ०९:१०

थानेश्वर अधिकारी ।
विश्वमा अहिले कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै जाँदा यसको संक्रमण नेपालमा पनि बढ्दै गइहेको छ यसै सन्दर्भमा आइतबार बाणगंगा नगरपालिका वार्ड नं ६ ले श्री लक्ष्मणघाट मा.वि.लक्ष्मणघाटमा ६० जना अट्न सक्ने क्षमताको क्वारेन्टाइन निर्माण गरेको छ । कोभिड १९ का कारण छिमेकी मुलुक भारत लगायत देशका बिभिन्न क्षेत्रबाट आएका वडा बासीहरुलाई सुरक्षित तरिकाले राख्नका लागी वडा सर्वपक्षिय भेलाबाट सो क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरिएको बाणगंगा नगरपालिका वार्ड नं ६ का वडाध्यक्ष सुकदेव थारुले बताएका छन् ।

आइतबार सो बिद्यालयमा रहेका ८ वटा कोठालाई क्वारेन्टाइनका रुपमा निर्माण गरिएको लक्ष्मणघाट माध्यामिक बिद्यालयका प्रधानाध्यापक चेतनाथ पौडेलले बताएका छन् यसैगरी उक्त बिद्यालयमा बाणगंगा नगरपालिका वार्ड नं. ६ भित्र स्थाइ बसोबास गर्ने छिमेकी मुलुक भारतबाट आएका १५ जना र चार दिन अगाडी भारतबाट नै आइ जनचेतना मा.वि. बनगाईमा रहेका १३ जना गरी २८ जनालाई क्वारेन्टाइनमा राखिएको छ लक्ष्मणघाट सामाजिक विकास केन्द्रका अध्यक्ष रनबहादुर काउचाले जानकारी दिएका छन् ।

आइतबार नै निर्माण शुरुवात गरिएको सो क्वारेन्टाइनमा आवश्यक पर्ने बिजुली,पंखा,पानी, इन्टरनेट लगायत अन्य आवश्यक सामाग्रीको व्यवस्थापन गरिएको युवा व्यवसायी कृष्ण गैरेले जानकारी दिएका छन् । अहिले कोरोनाको महामारीका कारण छिमेकी मुलुक भारत लगायत देशका अन्यत्र भागबाट आउने मानिसहरुको संख्या बढ्न थालेपछी बडा नं ६ भित्रका अन्य बिद्यालयमा पनि क्वारेन्टाइन निर्माण गर्ने तयारी रहेको वडाध्यक्ष थारु बताउँछन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईले छुटाउनुभयाे कि?