ताजा अपडेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

मेरो बिश्वास र छिमेकीको नियत

लुम्बिनी दर्पण २०७७ जेष्ठ १२, सोमबार १५:५९
[sharethis-inline-buttons]

नर बहादुर घर्ती ,शौ फर्साटिकट ।

सयौँका सयौँ वर्ष भैसक्यो,
हिमालयको काखमा मैले वास बसाको।
मैले घरको मैंनी खाँवो गाड्दा, छिमेकमा झुप्रै झुप्रा थिए।
गतिला र तहका मूली थिएनन, आपसमै कचिङ्गल थियो।
मैले टाकुराबाट नियालें,
मनमा जुक्ती फुर्यो। आँखा चिम्लेर प्रतिज्ञा गरेँ ।
अब मेरै धुरी खाँवोमा ,सवै ओतिने छानो हाल्छु।

मैँले समेट्दै गएँ।
पूर्व गएँ, पश्चिम गएँ, उत्तर गएँ, दक्षीण गएँ,
आँगन फराक पारी रहें।
एकताले उब्ज्यो शक्ति, पहुँचेँ जगतकै शीर तक ।
टिष्टामा ध्वजा गाडेँ, डिल बन्यो सतलज ।
वाछिटैले अचेत हुन्थे, बलेनिमा रिपु बग्थे,
हुँङ्कारले काँप्थ्यो धर्ती,नजरले भस्म हुन्थे।

मेरा दूर दृष्टि सुदुर गड्थे।
मानसपटमा छापिन्थ्यो, विशाल हिम ताज ।
आशक्तिले इन्द्र जल्थे,अनुपम देखेर यो विराज
छुने हेउ न कसको,नामै विजय नेपाल
रक्षक स्वयम् चन्द्र सूर्य , धर्तीमा मेरो राज।
जगमगाउँदै कृति,
छर्दै सुगन्ध, कोरि गौरव गाथा वीरताको
यमराज वचन काट्दैनथे, आदेश मान्थ्यो आगो।

आयो निल्दै भूलोक सारा१
अस्त्र सस्त्र, सलह सरि, घाम छेक्ने फौज तेर्स्याई।
मनसुवा सिगौँरिको , मेरो डिल पर्खालमा ।
टक्कर वार वार परिरह्यो, शक्ति समान दुईमा।
साम्राज्यवादी एक थियो,अर्को नेपाली हिमवत
पाषाण भेदी ,
माटोको स्वयम प्रतीत गौरव
मर्ममा भेदन चलिरह्यो,जीत हार पालो पालो।
थकित दुवै भए, सन्धी भयो अन्तत

अस्ति भर्खरको कुरो
पहिलेको घर फर्क्यो,अहिलेको मुक्त भयो।
मैले नजिकको छिमेकी पाएँ,टाढाकोले सुम्पेर गयो।
म हर्षले गदगद भएँ,बिभोर भएँ र दिपावली गरें।
उफ्रेर नाँचें, छाती टांँसेर अंकमाल पनि गरें ।
आत्मै देखि आफ्नै ठानें र खुशिका आँसु वहाएँ।
चीरकाल सम्झी ,मित्रताको हात बढाएँ।

मैंले सोँचें,
अब हाम्रो खेतवारिका साँधिमा ढुँङ्गो गाड्नु पर्दैन।
पानी लाउने कुलो एउटै भए हुन्छ, दुईटा खोजिरनु पर्दैन।
एउटै मूलको पानी बाँडेर पिऔं, अपुङ्गे किन चाहियो
डहर पनि खुलै राखौं, गरालो लाउनु पर्दैन।
मेरो परिवार र तिम्रो परिवारमा।
युगौंको सम्बन्ध र हार्दिकता छ।औधी प्रेम र विस्वास छ।
त्यसैले,
समान हैसियतमा सम्मान साथ ,हाम्रो मित्रता बढिरहन्छ।

तर अफसोंच,
मेरो छिमेकिको मन त कालो रैछ।बगलीमा छुरा रैछ।
मैले गरेको विस्वास र इमान्दारितालाई,
उसले मेरो कमजोरी सम्झन्छ र नाजायज फाइदा लुट्छ।
खेतवारिको साँध सार्छ।कुलो एक्लौटी बनाउंछ।
पानीको मूलै आफ्नो हो भन्छ,मेरो तिर थुनिदिन्छ।
डहरमा अनेक शास्ती दिन्छ, सारेर वरै ल्याउँछ।
दुखमा कहिल्यै सघाउंदैन,
मलाई सिध्याउने दाउ खोज्छ।

अचम्म लाग्छ
पछि जन्म्याछ, मलाई सान्भाइ भन्छ।
मुखले लर्काए जस्तो गर्छ, शीरमा खुट्टो चढाईरहन्छ।
मेरो भलो सोंच्नसम्म सकदैन, नङ्ले चिमोटिरन्छ।दाह्रा धसीरहन्छ।
यसलाई मेरो रगत पिईरहनुपर्ने अचम्मको आदत छ ।
कुनै न कुनै भागमा चिथोरी रहन्छ। चोक्टा निकालेर लुछिरहन्छ।
हरदम लुछिरहन्छ।

मेरो उन्नती प्रगती देखि सहदैन।
खेतवारिको डिल भत्काईदिन्छ। मेरो गह्रै हडप्छ।
मलाई अन्तजाने बाटो सम्म दिन्न भन्छ।
आफूले मेरो खेतमा ओहोर दोहोर गर्ने रस्ता बनाउछ।
घरमा आगो झोस्दिन्छ र पुत्ताउन हालीरहन्छ।
दाइभाइको कान फुक्छ, मानो छुट्याउँ भो भन्ने सम्म गराउन खोज्छ।
मेरो परिवार मिल्यो भने उसलाई ज्वरो आउँछ।

कति निर्दयी छ
मेरो घर भत्कियो भने,अवसर छोप्छ र दानापानी रोक्छ।
बिरामी देखे, मौका छोपेर जमिन कोतर्छ।
आफै मैले घर मिलाएँ भने,उ रिसिन्छ र घर भाँडिदिन्छ।
उसको इसारामा नचले,सवक सिकाउन खोज्छ।
मैले कसै संग,
देख्न, भेट्न र बोल्नसम्म नहुने रे
म अरुकोमा जान र अरु मेरोमा आउन त झन हुँदै नहुने रे।
उसका नयन बल्किईहाल्छ।

कति निकम्मा सोच राख्छ
आफू अटेरी हुन्छ र सबै एकलौटी गर्छ।
मैले केही गरेंभनी, किन नसोधी गर्या भन्छ।
मेरोमा पाकेको पकवान,दुनियाले मीठो मान्दा,
उसले गन्हायो भन्छ र नाक थुन्छ।
आफ्नो घरको झगडा देख्दैन, मेरोमा आयर किन मिलाइनस भन्छ।
आवस्यक चिज अन्त किन्दा नाराज हुन्छ।
किनेर ल्याउँदा दुखका बेला दिन्न भन्छ।
वर्षातमा पानी घोप्ट्याईदिन्छ,हिउँदमा चापी ठोक्छ।

अवत यस्तो लाग्छ
म अझै चुप बसें भनि,पूर्जामा आफ्नो नाम किन लेख्या
नसुनाई गोप्य आइडी किन राख्या
जनसंख्या किन बढाको मैले यतैका पठाउँथे।
भन्नेसम्म आँक्न सक्ने हिम्मत देख्छु उसमा।
म आफैलाई खित्का छुटेर आउँछ होइन आँफूलाई के ठान्छ उ
मेरो ईतिहास र स्वाभिमानलाई बुझ्ने चेष्टा किन गर्दैन उस्ले किन

छिमेकिलाई भन्नुपर्छ
तिम्रो र मेरो अधिकार र हैसियत बरावरी छ।
गणना शीरको हुन्छ, मासुको घमण्ड ब्यर्थ छ।
आखिर संगै बस्नुत छ, किन गर्छौ तँ तँ र म म
मिलेरै दिर्घकाल बस्छ्न ,छिमेकमा सबै सज्जन।
हडप्ने दाउ किमार्थ नगर , मेरो शक्ति सम्पत्ती
दुराचारमा लाग्यौ भने,सम्झ हुन्छ दुर्गती।।

अन्त्यमा,
म र मेरो छिमेकी
अरु सवै फेर्न सकिन्छ,छिमेकी फेर्न सकिन्न।
सम्मानजनक व्यवहार गर, हेपाई र मिचाई सहिन्न।
तिमिले सम्मान गरे,मैले सम्मानै गर्ने हो।
स्वाभिमान गुमाएर बसिन्न , एक पटक सवै मर्ने हो।
आफ्नै बलियो बनाउ, मेरो खोतल्न छोड
सर्वकालको हाम्रो मित्रता,असल छिमेकी जोड।
असल छिमेकी जोड ।।


प्रकाशित : २०७७ जेष्ठ १२, सोमबार १५:५९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

मन सफा छ, व्यवहार सरल छ

विद्यार्थी जीवन ( कविता)

कला, संघर्ष र समाज रुपान्तरणको पर्याय ः सिद्धार्थ नाट्यशाला

विद्यार्थी जीवन

मेरो लक्ष्य, उज्यालो भविष्य

बिदेशिनु रहर होइन, बाध्यता हो ।

कपिलवस्तुमा लोकभजन चुड्का प्रतिष्ठानको दोस्रो अधिवेशन सम्पन्न ः अध्यक्षमा बल्वासे

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

बाणगङ्गा प्रज्ञा प्रतिष्ठानको आयोजनामा १४२औँ लेखनाथ जयन्तीमा कविता प्रतियोगिता सम्पन्न

बुद्धभूमिमा सरकार–नागरिक संवाद कार्यक्रम सम्पन्न

धार्मिक पर्यटकीय गन्तव्य बन्दै गुल्मीको मालिका मन्दिर

होली पर्व हनुमानढोकामा तीनतले चीर ठड्याइयो

भर्खरै

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

  • देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

  • अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech