संगीतकर्मी संघले पाँच सय जना असहायहरुलाई खाना खुवायो

[sharethis-inline-buttons]

लुदअ,१८ जेठ ।
राष्ट्रिय संगीतकर्मी संघले आइतबार काठमाण्डौको पशुपति क्षेत्र वरिपरी रहेका करीब ५०० जना असहायहरुलाई खाना खुवाइएको छ ।कोरोना भाइरस ( कोभिड –१९) को कारण देश लक डाउनको अवस्थामा रहेको बेला दैनिक काम गर्न नपाएका कारण दुःख र समस्यामा परेका कलाकार एवम् विपन्न घर परिवारलाई दुई महिना देखी खाद्यान्न लगायतका सामग्री बितरण गर्दे मानव सेवा भावले ओत प्रोत भई सामाजिक कार्यमा अग्रसर हुदै आइरहेको छ ।

संस्थाले शुरुवाती अवस्थामा कलाकर्मीबाट शुरु गरेको राहत बितरण कार्यक्रम अहिले सम्म आइपुग्दा बिद्यमान संकटका कारण भोकै रहेका कलाकर्मी, रङ्गकर्मी,संगीतकर्मी सहित बिभिन्न पेशा व्यवसायमा आवद्ध मजदुर, पिछडिएका बर्ग समुदाय, सरकारको ध्यान पुग्न नसकेका दिन दुखीहरु,भिन्न क्षमता भएका व्यक्तिहरु गरी करिव तिन हजार घरधुरीका लागी राहत बितरण गरिसकिएको संस्थाकी केन्द्रिय सदस्य सिर्जु अधिकारीले जानकारी दिएकी छन् ।

यस्तै संस्थाको अगुवाईमा आज पशुपती क्षेत्र परिषरमा कलाकारहरु गाडीमा खाना लिएर जाने बितिक्कै सयौको सङ्ख्यामा भोका पेट भएकाहरु बच्चाले आमा भेटे जस्तै खुशी हुदै आउँदा आफुभित्र रहेका सबै दुःख पिडाहरु बिर्साएको राष्ट्रिय संगीतकर्मी संघका महासचिव तथा विपत व्यवस्थापन समितिका संयोजक बिक्रम जंग शाहले बताएका छन् । यसरी संस्थाको अभियानलाई सफल पार्न लकडाउनको शुरुवाती अवस्था देखी अनेकौ आरोह अवरोहहरु पार गर्दे मानव परोपकारका क्षेत्रमा अहोरात्र खट्न पाउँदा आफुहरु अत्यन्त हर्ष बिभोर भएको महासचिव शाह बताउँछन् ।

आजको कार्यक्रममा संस्थामा बरिष्ठ उपाध्यक्ष नवराज ढुंगाना, उपाध्यक्ष द्धय अमृत खाती र उमा श्रेष्ठ, महासचिव बिक्रम जंग शाह, केन्द्रिय सदस्य राजकुमार हुमागाई, सिर्जु अधिकारी, होम सुवेदी, सोनी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित : २०७७ जेष्ठ १८, आईतवार १७:०९