कोरोनाको आंशकामा रुपन्देहीमा क्वारेन्टाईन बसेका एक युवकको मृत्यु

ByLumbini Darpan Online

१६ चैत्र २०७६, आईतवार ०९:३१ १६ चैत्र २०७६, आईतवार ०९:३१ १६ चैत्र २०७६, आईतवार ०९:३१

लुदअ रुपन्देही, चैत्र १६
कोरोनाको भाईरसको आंशकामा रुपन्देहीमा क्वारेन्टाईन बसेका एक जनाको मृत्यु भएको छ । कोरोना भाईरसको लक्षण देखापरेपछि गत १३ गते बुटवल धागो कारखानामा रहेको कोरोना बिशेष अस्पतालमा क्वारेन्टाईन बसेका ३४ बर्षीय व्यक्तिको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रुपन्देहीको सैनामैना ४ मुर्गियाका व्यक्ति रहेको बुझिएको छ । चैत्र ८ गते दुबईबाट नेपाल आएका उनलाई कोरोना संक्रमणको लक्षण देखा परेपछि १३ गते क्वारेन्टाईन ल्याईएको थियो ।
उनको स्वाव परिक्षणका लागि आज काठमाण्डौ पठाईएको थियो । यस बारे थप बिबरण आउन बाँकी छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *