
काठमाडौं। स्वास्थ्य मन्त्रालयले घरमै बसेर कोभिड -१९ को स्वःमूल्यांकनको लागि नयाँ मोबाइल एपहाम्रो स्वास्थ्य सञ्चालनमा ल्याएको छ।कोभिड-१९ विरुद्धको इन्टरएक्टिभ म्यापिङ गर्ने सुविधासहितको सो एपको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले शुरूवात गरेका छन्। तत्कालको लागि वेब पोर्टल covid19.mohp.gov.np बाट डाउनलोड गर्न सकिनेछ। केही दिनमै गुगल प्लेस्टोरबाट सार्वजनिक गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयमा सो बारे ब्रिफिङ गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना भाइरस संक्रमणको रोकथामको जोखिम घटाउन यो एप सहयोगी हुने बताए। यसमा व्यक्ति आफैँले कोरोना भाइरस संक्रमणको सम्भावित लक्षणहरू छ भने इन्ट्री गरेर स्व: मूल्यांकन गराउन सक्नेछन् देवकोटाले भने, त्यस्तै आफूले खोजेको सुविधा नजिकको अस्पतालमा छैन भने अर्को नजिकको अस्पताल पहिचान गर्न एपले सहयोग गर्नेछ।
उनका अनुसार आफूमा कोभिड-१९ छ कि छैन र कुन अवस्थामा छु भन्ने एपमार्फत घरमै बसेर थाहा पाउन सकिनेछ। यसबाहेक मन्त्रालयले कोभिड-१९ सम्बन्धी आधिकारिक सूचना यसैबाट जानकारी दिनेछ। त्यस्तै एपकै सहायताबाट नजिकमा रहेको अस्पताल तिनमा रहेको उपचार क्षमता लगायतका विषयमा पनि जानकारी गर्न सहयोग पुग्ने प्रवक्ता देवकोटाले बताए। स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरस विरुद्धको लडाईलाई प्रविधिमैत्री बनाउँदै लैजान मोबाइल एप शुरू गरिएको जानकारी दिए। कोरोनाविरुद्धको सावधानीपूर्वक हाम्रो लँडाईलाई व्यवस्थित गर्दै अगाडी बढेका छौं। अभाव रहेका धेरै सामग्रीहरू प्राप्त गरेका छौं। देशका जुनसुकै ठाउँमा संक्रमण हुनसक्ने सम्भावनालाई ध्यान दिएर त्यही अनुसारको तयारी गरेका छौं,ढकालले भने।
मन्त्रालयले शुरू गरेको नयाँ मोबाइल एप र यसको प्रयोगबाट नागरिकहरूले सुरक्षित अनुभूति गर्न सहयोग पुग्ने मन्त्रीको भनाइ छ। कोरोना सम्बन्धी जानकारीको लागी मोबाईल एप ूहाम्रो स्वास्थ्यू वेब पोर्टल covid19.mohp.gov.np बाट डाउनलोड गर्न सक्नुहुनेछ। केहिदिनमै गुगल प्लेस्टोर बाट सार्बजनिक हुनेछ।

