कोरोनाको आशंकामा राजधानीमा तीन जनाको मृत्यु, तीनै जनाको रिपोर्ट आउँन बाँकी

लुदअ चैत १७, काठमाडौं
कोरोनाका आशंकामा राजधानीमा सोमबार तीन जनाको मृत्यु भएको छ । तीनै जनाको कोरोनाको नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइएको र रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

उनका अनुसार पाटन अस्पतालमा ३६ वर्षीय पुरुषको मृत्यु भएको हो भने वीर अस्पतालमा एक महिला र अर्का एक भारतीय नागरिक पुरुषको मृत्यु भएको हो । उनीहरु सबैको रिपोर्ट आउन केही समय लाग्ने उनले बताए ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *