काठमाडौमा अलपत्र परेका मानिस लिएर गएको बोलेरो रामेछापमा दुर्घटनाः दुईको मृत्यु, ३० घाइते

ByLumbini Darpan Online

१८ चैत्र २०७६, मंगलवार ०६:११ १८ चैत्र २०७६, मंगलवार ०६:११ १८ चैत्र २०७६, मंगलवार ०६:११

लुदअ १८ चैत, रामेछाप
खांडादेवी–१ राकाथुममा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट रामेछापको टोकरपुर जाँदै गरेको बा १४ च ९४९८ नम्बरको बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमध्ये दोरम्बा गाउँपालका २ का २४ वर्षका संगित पहरीको पहिचान भएको प्रहरीले जनाएको छ ।

मृतक अर्का एक जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

दुर्घटनामा ३० जना घाइते भएका छन् । बोलेरोमा लकडाउनका कारण काठमाडौंमा अलपत्र परेमा रामेछापका विभिन्न ठाउँका मान्छे आउँदै गरेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरु काठमाडौंमा अलपत्र परेपछि पास बनाएर गाउँ फर्किरहेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *