आज पहाडी भेगको मौसम आंशिक बद्ली हुने : पानी भने नपर्ने

ByLumbini Darpan Online

५ मंसिर २०७७, शुक्रबार ०१:४३ ५ मंसिर २०७७, शुक्रबार ०१:४३ ५ मंसिर २०७७, शुक्रबार ०१:४३

लुदअ मंसिर ५, काठमाण्डौ
अहिले देशको प्रदेश १, लुम्बिनी प्रदेश र वाग्मती प्रदेशका केही ठाउँमा सामान्य बादल लागेको छ ।

अहिले बादल लागेको ठाउँमा दिउँसोपछि घाम लाग्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसो पनि देशका केही पहाडी भेगको मौसम आंशिक बद्ली रहने सम्भावना छ । यीबाहेक अन्य ठाउँको मौसम सामान्यतया सफा नै रहनेछ । राति पनि देशको पहाडी भू(भागमा आंशिक बद्ली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ ।

अहिले देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेकाले पानी पर्ने वा हिमपात हुने सम्भावना भने छैन । यसैबीच आज बिहान काठमाण्डौ उपत्यकाको तापक्रम ५ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो बिहान ६ डिग्री सेल्सियस मापन गरिएको काठमाण्डौको तापक्रमपछि फेरि घटेर ५ दशमलव ६ डिग्री सेल्सियससम्म झरेको थियो । न्यूनतम तापक्रम घटेसँगै काठमाण्डौसहित देशभर चिसो बढेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *