पश्चिमी र स्थानीय वायुको प्रभावका कारण आज दिनभर जसो मौसम बद्ली रहने

[sharethis-inline-buttons]

पश्चिमी र स्थानीय वायुको प्रभावका कारण आज दिनभर जसो मौसम बद्ली रहने मौसमविद्ले बताएका छन् । आज राति पनि पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली र देशका पहाडी क्षेत्रमा हल्का पानी पर्ने अनुमान मौसमविदहरुको छ । नेपालको पूर्वी क्षेत्रका केही ठाउँमा मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताउनुभयो । भोलि पनि मौसम आंशिकदेखि सामान्य बद्ली भइ फाट्टफुट्ट पानी पर्ने उहाँले बताउनुभयो । पर्सिदेखि भने प्रि–मनसुन थप सक्रिय हुने र देशका धेरै ठाउँहरुमा पानी पर्ने सम्भावना रहेको छ । मनसुन सुरु हुने समय नजिकिएकाले मौसमी गतिविधि पनि थप सक्रिय हुँदै जाने मौसमविद् बासीको भनाइ छ । यसले गर्दा देशका धेरै ठाउँमा पानी पर्ने पूर्वानुमान गरिएको छ । यसपालिको मनसुनमा औसतभन्दा धेरै पानी पर्ने मौसमविद्ले बताएका छन् ।


प्रकाशित : २०७८ जेष्ठ २२, शनिबार ०८:१४