ताजा अपडेट

एकल महिलाहरुलाई मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धि ७ दिने तालिम प्रदान

कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना

त्रिभुवन विमानस्थलबाट ६ किलो गाँजासहित २ भारतीय पक्राउ

मोटरसाइकल दुर्घटनामा परी गुल्मीमा एक युवकको मृत्यु

बाणगंगा ८ ढोडेकोलमा ‘बि.एम.किराना पसल एण्ड फ्रेस हाउस’ को उद्घाटन

राजमोद्धारा नदिको बर्बता रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

सीमा क्षेत्रमा शंकास्पद गतिविधि बढेपछि सुरक्षा सतर्कता बढाइयो

मधेशका पूर्वअर्थमन्त्री विजय यादव र बागमतीका मेयर भरत थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा

राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

देशका धेरै ठाउँमा मौसम बद्ली : तराईमा शीतलहरको जोखिम

लुम्बिनी दर्पण २०७७ माघ ३, शनिबार ०४:३९
[sharethis-inline-buttons]
Image XYZ

लुदअ माघ ३, काठमाण्डौ
देशका धेरै ठाउँमा मौसम बद्ली भएको छ । तराईमा शीतलहरको जोखिम बढ्दै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

झण्डै एक हप्तादेखि तराईका जिल्लाहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको र शीतलहरको सम्भावना देखिएको मौसमविद्ले बताएका छन् । यो वर्ष तराईमा अहिलेसम्म शीतलहर परेको छैन । तर, हुस्सु र कुहिरो भने लागिरहेको छ । हुस्सु र कुहिरो निरन्तर रहेमा शीतलहरको सम्भावना बढ्ने मौसमविद् गंगा नगरकोटीको भनाइ छ ।

धेरै दिनदेखि तराईमा घाम नलाग्दा जनजीवन प्रभावित भएको छ । पूर्वी र मध्य तराईका जिल्लामा हुस्सु र कुहिरो उस्तै रहेको मौसमविद् नगरकोटीले बताउनुभयो । पश्चिमी तराईका जिल्लाहरुमा भने हिजो अस्तिको तुलनामा हुस्सु र कुहिरो हट्दै जान थालेको छ ।

बालबालिका र वृद्धवृद्धा चिसोबाट बढी प्रभावित भएका छन् । दैनिक ज्याला मजदूरी गरेर खानेहरुलाई घराबाहिर निस्कन समस्या भएको छ । काठमाण्डौमा पनि कुहिरो निरन्तर लागिरहेको छ । कुहिरो तत्काल हटेर जाने सम्भावना नरहेको मौसमविद् नगरकोटीले बताउनुभयो ।

आउँदो तीन दिनसम्म नै मौसमी प्रणाली हिजो अस्तिको जस्तै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा हिजो ५ दशमलव ३ डिग्री तापक्रम रहेकोमा आज बढेर ५ दशमलव ५ डिग्रीमा पुगेको छ ।

काठमाण्डौमा बिहान र बेलीकीपख कुहिरो लाग्ने साथै दिउँसो तुवालो लाग्ने हुँदा तापक्रममा खासै घटबढ नभएको मौसमविद्को भनाइ छ । पश्चिमी वायु नेपाल प्रवेश गरेमात्रै देशका विभिन्न ठाउँमा लागेको कुहिरो हटेर जानेछ ।

अहिलेसम्म पश्चिमी मौसमी प्रणाली नआएकाले देशका धेरै ठाउँहरुमा निरन्तर कुहिरो लागिरहेको मौसमविद् नगरकोटीले बताउनुभयो । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँहरुमा अहिले बादल लागेको छ । प्रदेश एकका केही ठाउँमा पानी पर्ने सम्भावना छ ।

आज राति पनि प्रदेश एक, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । अझै केही दिन मौसममा सुधार नआउने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।


प्रकाशित : २०७७ माघ ३, शनिबार ०४:३९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना
  • त्रिभुवन विमानस्थलबाट ६ किलो गाँजासहित २ भारतीय पक्राउ
  • मोटरसाइकल दुर्घटनामा परी गुल्मीमा एक युवकको मृत्यु
  • राजमोद्धारा नदिको बर्बता रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र
  • सीमा क्षेत्रमा शंकास्पद गतिविधि बढेपछि सुरक्षा सतर्कता बढाइयो
प्रतिक्रिया

यो पनि पढौँ

नेपाल खेलकुद महासंघ कपिलवस्तुद्धारा ‘खुल्ला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता’ सम्पन्न

बाणगंगा वेलफेयर सोसाइटीद्वारा देउसी-भैलो कार्यक्रमको निरन्तरता

रक्तिम बाणगंगा समितिको नयाँ नेतृत्व गठन

इन्जिनियरिङ्ग संगै गीत संगीतमा जम्दै अनिल

नव प्रभाव वनले भदौ १५ गते तिज गीत प्रतियोगिता आयोजना गर्दै

गायक शिब खनालको तिज कोशेली ‘हाइ मेरी मायालु’ चर्चामा (भिडियो सहित)

गायक शिब खनालको तिज कोशेली ‘हाइ मेरी मायालु’ चर्चामा

नायक तथा गायक बिक्रम जंग शाहको “हेर्छो तन्की तन्की” सार्वजनिक (भिडियो सहित)

बिनोद ढकाल र स्वर्गीय निरा छन्त्यालको स्वरमा “घर हाम्रो खोटाङ्गको चिसापानीमा” सार्वजनिक

विश्वशान्ती युवा क्लबले एकका विरुद्ध तीन गोलको अन्तरले राइजिङ्ग स्टार एफ सि नवलपरासीलाई पराजित गरि फाइनल खेलमा प्रवेश

राष्ट्रिय संगीतकर्मी संघ डोटीको अध्यक्षमा पुनः सुचिकार निर्वाचित

बेरोजगार

भर्खरै

  • एकल महिलाहरुलाई मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धि ७ दिने तालिम प्रदान

  • कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना

  • त्रिभुवन विमानस्थलबाट ६ किलो गाँजासहित २ भारतीय पक्राउ

  • मोटरसाइकल दुर्घटनामा परी गुल्मीमा एक युवकको मृत्यु

  • बाणगंगा ८ ढोडेकोलमा ‘बि.एम.किराना पसल एण्ड फ्रेस हाउस’ को उद्घाटन

  • राजमोद्धारा नदिको बर्बता रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

  • सीमा क्षेत्रमा शंकास्पद गतिविधि बढेपछि सुरक्षा सतर्कता बढाइयो

  • मधेशका पूर्वअर्थमन्त्री विजय यादव र बागमतीका मेयर भरत थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा

  • राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

  • वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech