ताजा अपडेट

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

आजदेखि आकाश बिस्तारै खुल्दै जान्छ

लुम्बिनी दर्पण २०७७ चैत्र १७, मंगलवार ०१:५९
[sharethis-inline-buttons]

लुदअ चैत १७, काठमाण्डौ
काठमाण्डौको आकाश केही दिनदेखि धुम्मिएको छ । हिजोबेलुकादेखि नै पश्चिमी वायुको थोरै प्रभाव देखिएकाले आजदेखि अलि सुधार हुने देखिएको छ । पश्चिमी वायुको थोरै प्रभाव देखिएको भए पनि तत्कालका लागि सशक्त मौसमी प्रणाली देखिएको छैन ।

स्थानीय वायुकै प्रभाव देखिएको भए पनि प्रदूषणयुक्त तुवाँलो हट्थ्यो । तर त्यस्तो कुनै प्रणाली नभएकाले तत्काल पूर्णरुपमा हटेर जाने सम्भावना छैन । यो नै एउटा प्रदूषित प्रणाली भएर बसेको छ । प्रदूषित प्रणाली वातावरणसँग सम्बन्धित छ ।

प्रदूषणको अवस्थाबारे मौसमविद्लाई त्यति थाहा नभए पनि तुवाँलो किन स्थिर भयो भन्ने कुरा विचारणीय छ । मौसम प्रत्येक दिन परिवर्तन भइरहने कुरा हो । तर कहिलेकाहीँ कुनै सिस्टमले त्यसलाई छेकिदिन्छ ।

मौसमी प्रणाली घुमिरहेको अवस्थामा त्यसकै विपरीतमा अर्को मौसमी प्रणाली घुमिरहेको छ भने त्यो प्रणालीले आइराखेको अर्को मौसमी प्रणालीलाई पनि आउन दिँदैन । छेकिदिन्छ । त्यस्तो प्रणालीलाई ब्लकिङहाइ भनिन्छ । अहिलेको मौसम ब्लकिङ हाइ भएको अनुमान गरिएको छ ।

वायुमण्डलको स्थिर अवस्थालाई भगाउन हावाको वेगहरु आउनु जरुरी हुन्छ । पानी परेर वायुमण्डलमा भएको प्रदूषणलाई तल झार्नुपर्ने हुन्छ । तर तत्कालको लागि वायुमण्डल नै सफा बनाउने गरी पानी पर्ने सम्भावना छैन । पानी पार्ने मौसमी प्रणाली कमजोर देखिएको छ ।

चैत, वैशाखको समय भनेको हावा चल्ने समय हो । वायुमण्डलको तल्लो सतहमा राम्रोसँग घाम लाग्न पायो र तात्न पायो भने त्यसले न्यूनचापीय रेखाको उत्पादन गर्छ । त्यसले एकातिर चिसो र अर्कोतिर तातो वातावरण बनाइदियो भने अलिअलि भए पनि प्रदूषण घट्ने सम्भावना हुन्छ ।

आजदेखि बिस्तारै मौसम खुल्दै जाने अनुमान छ । अहिले हावाको गति अलि छिटो चलेको जस्तो देखिएको छ । प्रविधिले देखाएको कुरालाई आधार मानेर भन्नुपर्दा आजदेखि अलि सुधार हुने देखिन्छ । कहिलेकाहीँ कुनै पनि मौसमी प्रणाली नदेखिए पनि केही न केही परिवर्तन भइरहेको हुन्छ । वायुमण्डल गतिशील नै भइरहेको हुन्छ । तर हामीले खासै महशुस गरेका हुँदैनौँ ।

हिउँदमा पश्चिमी वायुको प्रभाव भनिएको हुन्छ । बर्खामा जहिल्यै मनसुनी हावाको कुरा भइरहेको हुन्छ । मौसम स्थिर बस्न सक्दैन । स्थिर नभए पनि गति कस्तो छ भन्नेमा भर पर्छ । कति समयसम्म रहने भन्ने कुरा वातावरणकै तत्वहरुले निर्धारण गर्छ ।

काठमाण्डौ उपत्यका कचौरा आकारको छ । यहाँ भएको हावा बाहिर गएन भने यस्तो मौसम धुम्मिन्छ । तीन, चार वर्ष अगाडि, पनि ३,४ दिनसम्म नै यस्तो खालको मौसम देखिएको थियो । मौसम सफा हुने बित्तिक्कै प्रदूषणको मात्रा कम हुँदै जान्छ ।

जनसङ्ख्या धेरै भएको ठाउँमा नै स्वाभाविक रुपमा प्रदूषण पनि धेरै हुन्छ । फेरि प्रदूषण भयो भनेर घरभित्रै बसेर पनि दैनिकी चलाउन समस्या हुन्छ । मौसम सुधार हुँदै गएमा प्रदूषण पनि बिस्तारै कम हुँदै जान्छ ।
मौसम अँध्यारो जस्तो भएमा, धुम्मिएको देखेमा मानिसहरु प्रलय नै आउन लागेको होकी रु वा भूकम्प पो जान्छ की भन्ने शंका गर्छन् । तर त्यस्तो सोच्नु हुँदैन । प्रदूषणसँग जोडिएर अरु अवाञ्छित घटना हुने होइन ।

वायुमण्डलमा प्रदूषण घुम्दा भने प्रदूषणका कारण अरु स्वास्थ्य समस्याहरु धेरै नै हुन्छन् । यो वर्ष हिउँदमा पनि खासै पानी परेन । प्रि(मनसुनमा पनि कम नै पानी पर्छ भन्ने अनुमान छ । प्रि(मनसुन सुरु भएको एक महिना हुनै लाग्दा पनि खासै पानी नपर्नुले यो कुरालाई सङ्केत गर्छ ।

यो वर्षको बर्खाको समयमा पानी कति पर्छ भन्नेबारे भने अहिल्यै भन्न सकिँदैन । तर नर्मलभन्दा अलि बढी पानी पर्छ कि रु भन्ने अनुमान गरिएको छ ।


प्रकाशित : २०७७ चैत्र १७, मंगलवार ०१:५९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका
  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
प्रतिक्रिया

यो पनि पढौँ

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

म्युजिक भिडियोमा जम्दै अशिम क्षेत्री, झुटो हैन सुनकेशरी मार्फत फेरि चर्चामा

केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

३ दिने लक्ष्मणघाट पुर्णिमा मेला तथा विविध साँस्कृतिक कार्यक्रमको तयारी तिब्र

बुद्धभूमिमा सरकार–नागरिक संवाद कार्यक्रम सम्पन्न

गृहमन्त्रीका कारण ‘भिजिट भिसा’ले नघायो चार करोड

नेपाल खेलकुद महासंघ कपिलवस्तुद्धारा ‘खुल्ला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता’ सम्पन्न

बाणगंगा वेलफेयर सोसाइटीद्वारा देउसी-भैलो कार्यक्रमको निरन्तरता

रक्तिम बाणगंगा समितिको नयाँ नेतृत्व गठन

इन्जिनियरिङ्ग संगै गीत संगीतमा जम्दै अनिल

नव प्रभाव वनले भदौ १५ गते तिज गीत प्रतियोगिता आयोजना गर्दै

गायक शिब खनालको तिज कोशेली ‘हाइ मेरी मायालु’ चर्चामा (भिडियो सहित)

भर्खरै

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

  • मनोहरा सुकुमबासी बस्तीमा दर्जन बढी डोजर परिचालन

  • डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, अलपत्र यात्रुको प्रहरीद्वारा उद्वार


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech