ताजा अपडेट

वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न

ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी

इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु

इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानवअधिकारकर्मीकाे प्रदर्शन

कर्मचारीको कुलिङ पिरियडबारे छलफलमा प्रधानमन्त्री

रास्वपाका दुई नेतामाथि रड प्रहार गर्ने कांग्रेसका वडाध्यक्ष फरार

इजरायलमा रहेका नेपालीको उद्धार गर्न दूतावासले सुरु गर्‍यो रजिष्ट्रेसन प्रक्रिया

मुग्लिन–नारायणगढ सडक : हायसमा ढुंगा खस्यो, एम्बुलेन्सको सिसा चर्कियो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

आजदेखि आकाश बिस्तारै खुल्दै जान्छ

लुम्बिनी दर्पण २०७७ चैत्र १७, मंगलवार ०१:५९
[sharethis-inline-buttons]

लुदअ चैत १७, काठमाण्डौ
काठमाण्डौको आकाश केही दिनदेखि धुम्मिएको छ । हिजोबेलुकादेखि नै पश्चिमी वायुको थोरै प्रभाव देखिएकाले आजदेखि अलि सुधार हुने देखिएको छ । पश्चिमी वायुको थोरै प्रभाव देखिएको भए पनि तत्कालका लागि सशक्त मौसमी प्रणाली देखिएको छैन ।

स्थानीय वायुकै प्रभाव देखिएको भए पनि प्रदूषणयुक्त तुवाँलो हट्थ्यो । तर त्यस्तो कुनै प्रणाली नभएकाले तत्काल पूर्णरुपमा हटेर जाने सम्भावना छैन । यो नै एउटा प्रदूषित प्रणाली भएर बसेको छ । प्रदूषित प्रणाली वातावरणसँग सम्बन्धित छ ।

प्रदूषणको अवस्थाबारे मौसमविद्लाई त्यति थाहा नभए पनि तुवाँलो किन स्थिर भयो भन्ने कुरा विचारणीय छ । मौसम प्रत्येक दिन परिवर्तन भइरहने कुरा हो । तर कहिलेकाहीँ कुनै सिस्टमले त्यसलाई छेकिदिन्छ ।

मौसमी प्रणाली घुमिरहेको अवस्थामा त्यसकै विपरीतमा अर्को मौसमी प्रणाली घुमिरहेको छ भने त्यो प्रणालीले आइराखेको अर्को मौसमी प्रणालीलाई पनि आउन दिँदैन । छेकिदिन्छ । त्यस्तो प्रणालीलाई ब्लकिङहाइ भनिन्छ । अहिलेको मौसम ब्लकिङ हाइ भएको अनुमान गरिएको छ ।

वायुमण्डलको स्थिर अवस्थालाई भगाउन हावाको वेगहरु आउनु जरुरी हुन्छ । पानी परेर वायुमण्डलमा भएको प्रदूषणलाई तल झार्नुपर्ने हुन्छ । तर तत्कालको लागि वायुमण्डल नै सफा बनाउने गरी पानी पर्ने सम्भावना छैन । पानी पार्ने मौसमी प्रणाली कमजोर देखिएको छ ।

चैत, वैशाखको समय भनेको हावा चल्ने समय हो । वायुमण्डलको तल्लो सतहमा राम्रोसँग घाम लाग्न पायो र तात्न पायो भने त्यसले न्यूनचापीय रेखाको उत्पादन गर्छ । त्यसले एकातिर चिसो र अर्कोतिर तातो वातावरण बनाइदियो भने अलिअलि भए पनि प्रदूषण घट्ने सम्भावना हुन्छ ।

आजदेखि बिस्तारै मौसम खुल्दै जाने अनुमान छ । अहिले हावाको गति अलि छिटो चलेको जस्तो देखिएको छ । प्रविधिले देखाएको कुरालाई आधार मानेर भन्नुपर्दा आजदेखि अलि सुधार हुने देखिन्छ । कहिलेकाहीँ कुनै पनि मौसमी प्रणाली नदेखिए पनि केही न केही परिवर्तन भइरहेको हुन्छ । वायुमण्डल गतिशील नै भइरहेको हुन्छ । तर हामीले खासै महशुस गरेका हुँदैनौँ ।

हिउँदमा पश्चिमी वायुको प्रभाव भनिएको हुन्छ । बर्खामा जहिल्यै मनसुनी हावाको कुरा भइरहेको हुन्छ । मौसम स्थिर बस्न सक्दैन । स्थिर नभए पनि गति कस्तो छ भन्नेमा भर पर्छ । कति समयसम्म रहने भन्ने कुरा वातावरणकै तत्वहरुले निर्धारण गर्छ ।

काठमाण्डौ उपत्यका कचौरा आकारको छ । यहाँ भएको हावा बाहिर गएन भने यस्तो मौसम धुम्मिन्छ । तीन, चार वर्ष अगाडि, पनि ३,४ दिनसम्म नै यस्तो खालको मौसम देखिएको थियो । मौसम सफा हुने बित्तिक्कै प्रदूषणको मात्रा कम हुँदै जान्छ ।

जनसङ्ख्या धेरै भएको ठाउँमा नै स्वाभाविक रुपमा प्रदूषण पनि धेरै हुन्छ । फेरि प्रदूषण भयो भनेर घरभित्रै बसेर पनि दैनिकी चलाउन समस्या हुन्छ । मौसम सुधार हुँदै गएमा प्रदूषण पनि बिस्तारै कम हुँदै जान्छ ।
मौसम अँध्यारो जस्तो भएमा, धुम्मिएको देखेमा मानिसहरु प्रलय नै आउन लागेको होकी रु वा भूकम्प पो जान्छ की भन्ने शंका गर्छन् । तर त्यस्तो सोच्नु हुँदैन । प्रदूषणसँग जोडिएर अरु अवाञ्छित घटना हुने होइन ।

वायुमण्डलमा प्रदूषण घुम्दा भने प्रदूषणका कारण अरु स्वास्थ्य समस्याहरु धेरै नै हुन्छन् । यो वर्ष हिउँदमा पनि खासै पानी परेन । प्रि(मनसुनमा पनि कम नै पानी पर्छ भन्ने अनुमान छ । प्रि(मनसुन सुरु भएको एक महिना हुनै लाग्दा पनि खासै पानी नपर्नुले यो कुरालाई सङ्केत गर्छ ।

यो वर्षको बर्खाको समयमा पानी कति पर्छ भन्नेबारे भने अहिल्यै भन्न सकिँदैन । तर नर्मलभन्दा अलि बढी पानी पर्छ कि रु भन्ने अनुमान गरिएको छ ।


प्रकाशित : २०७७ चैत्र १७, मंगलवार ०१:५९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न
  • ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव
  • ११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी
  • इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु
  • इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानवअधिकारकर्मीकाे प्रदर्शन
प्रतिक्रिया

यो पनि पढौँ

बुद्धभूमिमा सरकार–नागरिक संवाद कार्यक्रम सम्पन्न

गृहमन्त्रीका कारण ‘भिजिट भिसा’ले नघायो चार करोड

नेपाल खेलकुद महासंघ कपिलवस्तुद्धारा ‘खुल्ला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता’ सम्पन्न

बाणगंगा वेलफेयर सोसाइटीद्वारा देउसी-भैलो कार्यक्रमको निरन्तरता

रक्तिम बाणगंगा समितिको नयाँ नेतृत्व गठन

इन्जिनियरिङ्ग संगै गीत संगीतमा जम्दै अनिल

नव प्रभाव वनले भदौ १५ गते तिज गीत प्रतियोगिता आयोजना गर्दै

गायक शिब खनालको तिज कोशेली ‘हाइ मेरी मायालु’ चर्चामा (भिडियो सहित)

गायक शिब खनालको तिज कोशेली ‘हाइ मेरी मायालु’ चर्चामा

नायक तथा गायक बिक्रम जंग शाहको “हेर्छो तन्की तन्की” सार्वजनिक (भिडियो सहित)

बिनोद ढकाल र स्वर्गीय निरा छन्त्यालको स्वरमा “घर हाम्रो खोटाङ्गको चिसापानीमा” सार्वजनिक

विश्वशान्ती युवा क्लबले एकका विरुद्ध तीन गोलको अन्तरले राइजिङ्ग स्टार एफ सि नवलपरासीलाई पराजित गरि फाइनल खेलमा प्रवेश

भर्खरै

  • वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न

  • ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

  • ११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी

  • इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु

  • इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानवअधिकारकर्मीकाे प्रदर्शन

  • कर्मचारीको कुलिङ पिरियडबारे छलफलमा प्रधानमन्त्री

  • रास्वपाका दुई नेतामाथि रड प्रहार गर्ने कांग्रेसका वडाध्यक्ष फरार

  • इजरायलमा रहेका नेपालीको उद्धार गर्न दूतावासले सुरु गर्‍यो रजिष्ट्रेसन प्रक्रिया

  • मुग्लिन–नारायणगढ सडक : हायसमा ढुंगा खस्यो, एम्बुलेन्सको सिसा चर्कियो

  • सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech