
लुदअ चैत २८, काठमाण्डौ
हिजो हावाहुरीसहित पानी परेपछि आज देशका धेरैजसो ठाउँको मौसम खुलेको छ ।
हिजो राति देशका धेरै ठाउँहरुमा हावाहुरीसहित पानी परेको थियो ।
अस्तिदेखि नै परेको पानीले मौसममा बिस्तारै सुधार हुँदै गइरहेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो ।
हिजो रातिको पानीले आज प्रदेश ( १ र देशको पहाडी भाग बाहेकका ठाउँहरुमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रि(मनसुन भएकाले आज पनि बेलुकीपख देशका पहाडी ठाउँहरुमा फाट्टफुट्ट पानी पर्न सक्ने मौसमविद् नगरकोटीको भनाइ छ ।
हिजो गण्डकी, वाग्मती र प्रदेश १ मा पानी परेको थियो । अहिले न्यूनचापीय मौसमी प्रणाली कमजोर बन्दै गएको र स्थानीय वायुको प्रभाव रहेकाले ठूलो पानी पर्ने सम्भावना भने कम रहेको उहाँले बताउनु भयो ।

