
हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा २ दक्षिण पिपराको ६५ बिघा जमिनमा अब सिंचाई सुविधा पुग्ने भएको छ । दक्षिण पिपरामा १ सय ५० मिटर गहिरो डिप बोरिङ्ग निर्माणको काम जारी भएसंगै स्थानीयले खुसी व्यक्त गरेका छन् । लुम्बिनी प्रदेश सरकारको बजेटबाट उक्त डिप बोरिङ्का लागि बजेट विनियोजन भएको पिपरा दक्षिण टोल उपभोक्ता समितिका अध्यक्ष रत्न बहादुर कार्कीले जानकारी दिनुभयो ।
बर्षौ देखि सिंचाईको समस्याबाट ग्रसित दक्षिण पिपरावासीका लागि उक्त कार्य सम्पन्न भएसंगै ठुलो राहत पुग्ने स्थानीयले बताएका छन् । उपभोक्ता समितिका अध्यक्ष रत्न बहादुर कार्कीले काम दु्रत गतिमा भईरहेको र छिटो भन्दा छिटो स्थानीयलाई सिंचाईको सुविधा प्रदान गरिने बताउनुभयो ।