
हरि आचार्य, कपिलवस्तु
नीजि तथा आवासीय अर्गनाईजेसन नेपाल (प्याब्सन) बाणगंगा नगर कमिटीको आयोजना तथा एलाईड पब्लिकेशन काठमाण्डौ र देउराली स्टेश्नरीको सहयोगमा शिक्षकहरुलाई प्रि प्राईमरी टिचर ट्रेनिङ प्रदान गरिएको छ । बाणगंगाको पिस हिमालय रिसोर्टमा आयोजित उक्त तालिममा बाणगंगा नगरपालिकाका २२ विद्यालयका शिक्षकम शिक्षिकाहरुको उपस्थिती रहेको थियो ।
तालिममा शिक्षक शिक्षिकाहरुलाई वालमैत्री शिक्षण सिकाई क्रियाकलापहरुको बारेमा तालिम दिइएको हो । सैद्धान्तिक तथा अभ्यास विधिको प्रयोग गरि वालमैत्री शिक्षण सिकाईलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने कुरालाई प्राथािमता दिईएको थियो । तालिममा प्रशिक्षक सोनि पौडेल तामाङले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्याब्सन कपिलवस्तुका सचिव राजु अधिकारीले वालवालिकाहरुलाई समान्य भाषामा खेलको माध्यमबाट अध्यापन गराउनुपर्नेमा जोड दिए । उनले अभ्यास विधिको प्रयोग गरि अध्यापन गराएमा विद्यार्थीहरुले सहजै बुझ्न सक्ने बताउनुभयो ।
तालिम लिएसंगै शिक्षक शिक्षिकाहरुले सिकाउने शैलिमा परिवर्तन आउने बताए ।
उक्त तालिम प्याब्सन बाणगंगाका अध्यक्ष अन्जित खनालको अध्यक्षता, प्याब्सन कपिलवस्तुका कोषाध्यक्ष बुद्धिराम पौडेल, केन्द्रिय महाधिवेशन प्रतिनिधि डिबि थापाको विशिष्ठ आतिथ्यता, एलाईडका वितरक अर्जुन चापागाई लगायतको आतिथ्यता, विद्यालयका प्रि प्राईमरि लेभलका शिक्षक शिक्षिका लगायतको उपस्थिती रहेको कार्यक्रम प्याब्सन बाणगंगाका सचिव हरि प्रसाद अधिकारीको संचालनमा सम्पन्न भएको हो ।