ताजा अपडेट

ज्योति आधारभूत विद्यालय तिलोत्तमा ८, ४ नं मा शैक्षिक सामग्री वितरण

रसुवामा बाढी – ७ जनाको शव फेला

चिकित्सकहरु अझै सडकमा, आकस्मिक बाहेकका सेवा अवरुद्ध

चिकित्सकहरूको चेतावनी: माग पूरा नभए लाइसेन्स फिर्ता गर्ने

बालुवाटारमा ‘पावर मिटिङ’: प्रधानमन्त्री, कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा

डेढ खर्ब रेमिट्यान्स एक महिनामै, अर्थतन्त्रमा टेको

आँप बेच्ने बहानामा लागुऔषधको धन्दा

त्रिशूली नदीको बीचमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार

भोटेकोशीको बाढी त्रिशूली हुँदै बेनीघाटसम्म पुर्यिने सम्भावना, सतर्कता अपनाउन अनुरोध

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

नव प्रभात वनको मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन विषयक वक्तृत्वकलामा भण्डारी प्रथम

Lumbini Darpan 2 २०८२ असार २१, शनिबार १९:४०
[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका–८ मा ‘मानव र वन्यजन्तुबीचको द्वन्द्व व्यवस्थापन’ विषयमा विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । नव प्रभात सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा तथा बाणगंगा साहित्यिक प्रतिष्ठानको समन्वयमा आयोजित कार्यक्रम शनिबार मालिका मन्दिरको सभाहलमा गरिएको हो ।

प्रतियोगितामा बाणगंगा नगर क्षेत्रका विभिन्न माध्यमिक विद्यालयका विद्यार्थीहरूले मानव र वन्यजन्तुबीच बढ्दो द्वन्द्वका कारण, समाधान र सहअस्तित्वका उपायहरूबारे प्रभावशाली अभिव्यक्ति प्रस्तुत गरेका थिए । वक्ताहरूले जङ्गल मिचाइ, मानव लापरवाही, खाद्य संकट, र तीव्र सहरीकरणलाई द्वन्द्वका मुख्य कारणका रूपमा औँल्याउँदै समुदायस्तरमै जनचेतना अभिवृद्धिको आवश्यकता रहेकोमा जोड दिएका थिए ।

प्रतियोगितामा बाणगंगा माध्यमिक विद्यालयकी प्रतिक्षा भण्डारी प्रथम भएकी छन् । उनले नगद १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरिन् । होराइजन स्कूलकी परिसा गौतम दोस्रो भइन् भने तेस्रो स्थानमा त्यही विद्यालयका आशिष पपिरयार रहे । उनीहरूले क्रमशः ७ हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार सहित प्रमाणपत्र पाए ।

त्यस्तै, ज्ञानपुञ्जका मिसन आचार्य र कपिलवस्तु विद्या मन्दिरकी श्रद्धा घिमिरेले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्। उनीहरूलाई जनही २ हजार ५ सय रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भएका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खिमबहादुर जि.सी.ले वातावरण संरक्षण र जैविक विविधता जोगाउन सामूहिक पहल आवश्यक रहेको बताए । उनले विद्यार्थीहरूमा यस्ता विषयप्रतिको चासो उत्साहजनक हुन आवश्यक रहेको बताए । विशिष्ट अतिथिका रूपमा बोल्दै बाणगंगा–८ का कार्यवाहक अध्यक्ष शैलेन्द्र बेल्बासेले वातावरणीय द्वन्द्व न्यूनीकरणमा समुदाय र विद्यालयको भूमिकालाई विशेष प्राथमिकता दिनुपर्ने धारणा राखे ।

त्यसैगरी, मोतिपुर डिभिजन वन कार्यालयका प्रमुख एजाज आलमले वन्यजन्तु संरक्षणका लागि वैज्ञानिक उपायहरू अपनाउनुका साथै स्थानीय तहसँग सहकार्य गरी दीगो समाधान खोज्नुपर्ने बताए ।

नव प्रभात सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष डिल्लीराज रेग्मीले मानव र वन्यजन्तुबीचको सम्बन्ध विग्रँदै जानु चिन्ताको विषय भएको बताए । उनले भने, “वन हाम्रो जीवन र भविष्यसँग प्रत्यक्ष जोडिएको सम्पत्ति हो । यसको संरक्षण सबैको साझा कर्तव्य हो। विद्यार्थीहरूलाई यस्ता कार्यक्रममार्फत सचेत तुल्याउनु दीर्घकालीन दृष्टिले उपयोगी हुन्छ ।”

कार्यक्रम बाणगंगा साहित्यिक प्रतिष्ठानका सचिव हुमनाथ पौडेलले सञ्चालन गरेका थिए । निर्णायक मण्डलका अनुसार सहभागी वक्ताहरूको प्रस्तुति, भाषिक सशक्तता र विषयप्रतिको बुझाइ प्रशंसनीय रहेको थियो । आयोजक संस्थाका अनुसार प्रतियोगिताको उद्देश्य विद्यार्थीहरूमा वातावरणीय चेतना अभिवृद्धि गर्नुका साथै स्थानीय स्तरमै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका उपायहरूबारे सोच्न उत्प्रेरित गर्नु रहेको बताइएको छ ।


प्रकाशित : २०८२ असार २१, शनिबार १९:४०

Lumbini Darpan 2

लेखकबाट थप

  • बालज्योती स्कुलद्धरा एसईई उतीर्ण विद्यार्थीलाई सम्मान, स्थापना देखि शत प्रतिशत नतिजा कायमै
  • बाणगंगा ३ मा १ दिने बहुसेवा शिविर संचालन, ४ सय जना लाभान्वित
  • प्याब्सन बाणगंगाद्धारा शिक्षक शिक्षिकालाई ‘प्रि प्राईमरी ट्रेनिङ’ प्रदान
  • बाणगंगा अटो ट्रेडर्स वैरीयामा टीभीएसको नयाँ स्कुटरको बुकिङ खुला
  • हिलबर्ट स्कुलद्वारा बाणगंगाकी मस्तिष्कघात पीडित कंडेलको उपचारमा सहयोग
प्रतिक्रिया

यो पनि पढौँ

आँप बेच्ने बहानामा लागुऔषधको धन्दा

त्रिशूली नदीको बीचमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार

भोटेकोशीको बाढी त्रिशूली हुँदै बेनीघाटसम्म पुर्यिने सम्भावना, सतर्कता अपनाउन अनुरोध

रसुवामा बाढीका कारण १२ नेपाली र ६ चिनियाँ बेपत्ता, ९ जनाको उद्धार

रसुवा बाढीमा ६ चिनियासहित १८ जना सम्पर्कविहीन, ९ जनाको सकुशल उद्धार

बनेपा–नाला–भक्तपुर सडक पुनः अवरुद्ध

थारू समुदायको भान्सामा हराउँदै ‘भुटकी च्याउ’ को स्वाद

बालज्योती स्कुलद्धरा एसईई उतीर्ण विद्यार्थीलाई सम्मान, स्थापना देखि शत प्रतिशत नतिजा कायमै

कृषि ज्ञान केन्द्र गुल्मीद्वारा उत्कृष्ट कृषक सम्मान

बाणगंगा ३ मा १ दिने बहुसेवा शिविर संचालन, ४ सय जना लाभान्वित

प्याब्सन बाणगंगाद्धारा शिक्षक शिक्षिकालाई ‘प्रि प्राईमरी ट्रेनिङ’ प्रदान

पेडरानी, पिपलडाँडा, बेलडाँडा टोल बिकाश बिकाश संस्थाको अध्यक्षतामा सुदिप पान्डे निर्बाचित

भर्खरै

  • ज्योति आधारभूत विद्यालय तिलोत्तमा ८, ४ नं मा शैक्षिक सामग्री वितरण

  • रसुवामा बाढी – ७ जनाको शव फेला

  • चिकित्सकहरु अझै सडकमा, आकस्मिक बाहेकका सेवा अवरुद्ध

  • चिकित्सकहरूको चेतावनी: माग पूरा नभए लाइसेन्स फिर्ता गर्ने

  • बालुवाटारमा ‘पावर मिटिङ’: प्रधानमन्त्री, कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा

  • डेढ खर्ब रेमिट्यान्स एक महिनामै, अर्थतन्त्रमा टेको

  • आँप बेच्ने बहानामा लागुऔषधको धन्दा

  • त्रिशूली नदीको बीचमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार

  • भोटेकोशीको बाढी त्रिशूली हुँदै बेनीघाटसम्म पुर्यिने सम्भावना, सतर्कता अपनाउन अनुरोध

  • रसुवामा बाढीका कारण १२ नेपाली र ६ चिनियाँ बेपत्ता, ९ जनाको उद्धार


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

Follow Us

  • YouTube

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech