हरि आचार्य, कपिलवस्तु
हाेटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष रबिन्द्र पाैडेल दम्पतिले मानवीय काम गरि वैवाहिक बर्षगाँठ मनाउनुभएकाे छ । सहयाेग ग्रहण गर्दै ढाेरपाटन हाेटल परिवारले धन्यवाद व्यक्त गरे ।
अध्यक्ष पाैडेल र श्रीमती बैसाली राना सहित हाेटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुकाे टिम सहित एक मानवीय कार्य गरिएकाे हाे ।
संघमा आवद्द ढाेरपाटन हाेटल पिपराका संचालक लाले जैसि लगायत परिवारलाई भेटेर आर्थिक सहयोग सहित फलफुल प्रदान गरिएकाे हाे ।
अध्यक्ष पाैडेलले वैवाहिक बर्षगाँठमा फजुल खर्च गर्नुभन्दा व्यवसायीकाे पिडामा मल्हम लगाउने उद्देश्यले उक्त मानवीय कार्य गरेकाे बताउनुभयाे । अध्यक्ष पाैडेलले यस्ता उत्सवहरुमा मानिय र सामाजिक काम गर्न सम्पुर्णमा अनुराेध गर्नुभयाे ।





















