लालमणि भुसाल (अभिलासी)
भनिन्छ शत्रु र मित्रको पहिचान खास दुःखको बेलामानै हुन्छ। एकातिर कोरोनाले विश्वसमुदाय संगै नेपाल आमा र यहाँका सन्तती छटपटाइरहेको दुख र संकटको घडी हो यो। भने अर्कातिर पुर्खाको नेतृत्वमा बिर नेपालीले लडेर जोगाएको र उनकै सन्ततिले वा बहुदल आएपछि गरिएको टनकपुर (महाकाली सन्धि)को कमजोरीले गर्दा भारतीय विस्तारवादको चंगुलमा फसेर चिच्याई रहेको नेपाली भूमि लिपुलेख लिम्पियाधुरा र कालापानि लगायत दर्जनौ ठाउँका नेपाल आमाका अंग भंगमा चिथोरिरहेकोले नेपाली माटो निस्सासीएर रोएको बेला हो।
भारतीय हेपाहाका प्रवृत्तिका बिरुद्ध ढिलै भएपनि नेपाल सरकारले जारि गरेको लिपुलेग लिम्पियाधुरा र कालापानी सहितको नक्सा र त्यसलाई समेटेर नेपालको लालमोहोर (स्वस्तिक छाप) बनाउने सम्बन्धि संबिधान संसोधन बिधेयकको पक्षमा देखिएको आम जनसमुदाय र सबैखाले दलको एकता र प्रतिबद्धताले गर्दा संसारमा देशको ईज्जत र गरिमा बढेको छ।
त्यसमापनि विभिन्न आरोप, शंका,उपशंका र भ्रामक कुदृष्टिका बिरुद्ध संकटको यस घडीमा तराइ मधेशका जनता, दल र नेताले देखाएको उत्साह, मातृभूमि प्रतिको ममता, समाज, राज्य र आम देशवासी प्रति संकटको यस घडीमा देखाएको दृढ शंकल्प सहित देशभक्तिको प्रतिबद्धताको गर्जनले त नेपालको बिरलै घट्ने ऐतिहासिक घटना र गौरवको झझल्को दिएकोछ।
इतिहासदेखि आज र सारा भविस्यसम्म हामीलाई संसारमा स्वतन्त्र भई बाँच्न र मातृभूमिको रक्षा र स्वाधिनता बचाउन यहि र यस्तै एकता भाइचारा र बहादुरी पूर्ण त्याग र बलिदानीले सम्भब भएकोहो। परेको बेला सबैको एकता सहयोग,साथ र समर्थनले नै सबै असम्भव कामहरुपनि सम्भव हुन्छन्। आज एकातिर सत्ता संचालन गरिरहेको दल र र नेतृत्वलाई रास्ट्रीय अस्मिताको रक्षा गर्न बल र साथ मिलेको छ। भने अर्कोतिर नक्शामा देशको सिमा बढाएर कागजी सिमा, खोक्रा नारा बोलीमा मात्र पूर्ण नेपाल होइन जुनसुकै त्याग र बलिदानीले भएपनि आफ्नो गुमेको सम्पूर्ण माटो फिर्ता लिन र सकभर सदा सर्वदाको शान्ति, सुख र नेपाल भारत दुवै देशको आर्थिक उन्नति र सुरक्षका लागी नेपालले आफ्नो भूमिको सीमामा ग्रेटवाल लगाएर सयौं ठाउँमा सुरक्ष्याका सबै अंग सहितको संयुक्त कमाण्डमा मजबुत चेकपोस्ट राख्नु सान्दर्भिक छ। त्यो नै शन्तति र मातृभूमिको सदाको लागि निर्विकल्प र स्थाई शान्तिको मार्ग हो भन्ने छर्लंग भएको छ।
हामि केहि पहाडे नेपाली,कुनै एकाद दल र सत्ताधारीदल भित्रैका केहि नेता र उनीहरुका सिमित आफ्ना सपोर्टरहरुमा तराइ(मधेश र त्यहाँका सच्चा राष्ट्रका पहरेदार नेपाल माताका सन्तति माथि उनीहरुकै भाषामा रास्ट्रघाती, भारतीय दलाल ,बिखण्डनकारीजस्ता अति अपाच्य शब्दले विभूषित गरिन्थ्यो तिनी र त्यो कुदृस्टी र कुविचार बोकेका जो कोहीलाई न्याउरि मारि पछुतो भएको छ। आज तिनीहरुलाई लाजको महसुस भएको अवस्य छ।
आम नेपालि मध्ये आज गुल्मी र बाग्लुङ्ग वा पाल्पा जस्ता कुनै देश संग सिमा नजोडिएका जिल्ला र मनाङ्ग, मुस्ताङ्ग र सोलुका हिमाली जिल्ला वासीलाई भन्दा हजारौं लाखौँ पिडा, डर,त्रास , तनाब, असुरक्ष्या र अपमानको भुक्त भोगी छन् भने तिनै तराई मधेसवासी छन्। तिनीहरुलेनै आफ्नै जिउ ज्यान,धन सम्पति र माटोको रक्षार्थ सतिशाल जस्तै उभिएर मातृभूमिलाई पहरा दिईरहेकाछन्। त्यो सत्यकोउजागर आजको यस ऐतिहासिक दिनको निर्णयले गरेको छ। नेपालीमा थोरै धेरै रहेका अपभ्रम्श, आशंका, र कुस्टा अनि मनोरोग र विभेदकारी घृणाको दृस्टीमाथि ठूलो बज्रपात भएको छ।
एकाद व्यक्ति र गुट जत्थालाई छोडेर सिंगो देश एक भएको छ। इतिहासमा ठुलो युद्ध वा विपत्तिका बेला नेपाली एकता संसारका सामु निकै ठुलो नमुना शिक्षा र उदाहरण भएकोछ। खासैमा भन्ने हो भने केहि पहाडेहरुको भाषामा वा प्रत्यक्ष देखाइमा पनि रङ्गमा केहि काला तराई मदेशवासी नेपाल पुत्रको केहि कालो छाला भित्र कति सेतो हिरा र रातो मणि ले सुसज्जित रहेछ। आजको दिनमा पनि भूगोल, रङ्ग बर्ग,लिङ्ग र जात भातको सिमाराखेर कुचेष्टाको कलंकित दृस्टीले हेर्ने हरुको ह्रीदय र आँखामा ३६००० किलो वाटको चट्त्याङ्गको बज्रपात बर्सेकोछ भने तिनै पहाडेको तुलनामा केहि कालो छाला भएका आम सपुत भित्रको हिरा र मणिको ज्वाला एकाएक बिजुलि बनेर जल्जलाएमान भएकोछ।
स सम्मानअभिवादन छ। तराइ बासी सम्पूर्ण आमा,वुवा,दाजु,भाइ दिदी,बहिनीहरुमा। धारिलो तरवार ताकेर आएको दुश्मनलाई गुलाबको फुलको मालाले अभिनन्दन गरी आत्माग्लानी र आँशुमा डुवाएर संसार परिवर्तनगर्ने तपाईंहरुको महानताले भरिएको एक्काइशौं शताव्दीको यो ऐतिहासिक दिन सदा अमर रहनेछ।