ताजा अपडेट

कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

सिंहदरबारमा सुरक्षा परिषद् बैठक

लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

मधेसी राष्ट्रवाद, कुदृष्टि र भ्रम माथि बज्रपात

लुम्बिनी दर्पण २०७७ असार २, मंगलवार ११:१३
[sharethis-inline-buttons]

लालमणि भुसाल (अभिलासी)

भनिन्छ शत्रु र मित्रको पहिचान खास दुःखको बेलामानै हुन्छ। एकातिर कोरोनाले विश्वसमुदाय संगै नेपाल आमा र यहाँका सन्तती छटपटाइरहेको दुख र संकटको घडी हो यो। भने अर्कातिर पुर्खाको नेतृत्वमा बिर नेपालीले लडेर जोगाएको र उनकै सन्ततिले वा बहुदल आएपछि गरिएको टनकपुर (महाकाली सन्धि)को कमजोरीले गर्दा भारतीय विस्तारवादको चंगुलमा फसेर चिच्याई रहेको नेपाली भूमि लिपुलेख लिम्पियाधुरा र कालापानि लगायत दर्जनौ ठाउँका नेपाल आमाका अंग भंगमा चिथोरिरहेकोले नेपाली माटो निस्सासीएर रोएको बेला हो।
भारतीय हेपाहाका प्रवृत्तिका बिरुद्ध ढिलै भएपनि नेपाल सरकारले जारि गरेको लिपुलेग लिम्पियाधुरा र कालापानी सहितको नक्सा र त्यसलाई समेटेर नेपालको लालमोहोर (स्वस्तिक छाप) बनाउने सम्बन्धि संबिधान संसोधन बिधेयकको पक्षमा देखिएको आम जनसमुदाय र सबैखाले दलको एकता र प्रतिबद्धताले गर्दा संसारमा देशको ईज्जत र गरिमा बढेको छ।

त्यसमापनि विभिन्न आरोप, शंका,उपशंका र भ्रामक कुदृष्टिका बिरुद्ध संकटको यस घडीमा तराइ मधेशका जनता, दल र नेताले देखाएको उत्साह, मातृभूमि प्रतिको ममता, समाज, राज्य र आम देशवासी प्रति संकटको यस घडीमा देखाएको दृढ शंकल्प सहित देशभक्तिको प्रतिबद्धताको गर्जनले त नेपालको बिरलै घट्ने ऐतिहासिक घटना र गौरवको झझल्को दिएकोछ।

इतिहासदेखि आज र सारा भविस्यसम्म हामीलाई संसारमा स्वतन्त्र भई बाँच्न र मातृभूमिको रक्षा र स्वाधिनता बचाउन यहि र यस्तै एकता भाइचारा र बहादुरी पूर्ण त्याग र बलिदानीले सम्भब भएकोहो। परेको बेला सबैको एकता सहयोग,साथ र समर्थनले नै सबै असम्भव कामहरुपनि सम्भव हुन्छन्। आज एकातिर सत्ता संचालन गरिरहेको दल र र नेतृत्वलाई रास्ट्रीय अस्मिताको रक्षा गर्न बल र साथ मिलेको छ। भने अर्कोतिर नक्शामा देशको सिमा बढाएर कागजी सिमा, खोक्रा नारा बोलीमा मात्र पूर्ण नेपाल होइन जुनसुकै त्याग र बलिदानीले भएपनि आफ्नो गुमेको सम्पूर्ण माटो फिर्ता लिन र सकभर सदा सर्वदाको शान्ति, सुख र नेपाल भारत दुवै देशको आर्थिक उन्नति र सुरक्षका लागी नेपालले आफ्नो भूमिको सीमामा ग्रेटवाल लगाएर सयौं ठाउँमा सुरक्ष्याका सबै अंग सहितको संयुक्त कमाण्डमा मजबुत चेकपोस्ट राख्नु सान्दर्भिक छ। त्यो नै शन्तति र मातृभूमिको सदाको लागि निर्विकल्प र स्थाई शान्तिको मार्ग हो भन्ने छर्लंग भएको छ।

 हामि केहि पहाडे नेपाली,कुनै एकाद दल र सत्ताधारीदल भित्रैका केहि नेता र उनीहरुका सिमित आफ्ना सपोर्टरहरुमा तराइ(मधेश र त्यहाँका सच्चा राष्ट्रका पहरेदार नेपाल माताका सन्तति माथि उनीहरुकै भाषामा रास्ट्रघाती, भारतीय दलाल ,बिखण्डनकारीजस्ता अति अपाच्य शब्दले विभूषित गरिन्थ्यो तिनी र त्यो कुदृस्टी र कुविचार बोकेका जो कोहीलाई न्याउरि मारि पछुतो भएको छ। आज तिनीहरुलाई लाजको महसुस भएको अवस्य छ।

आम नेपालि मध्ये आज गुल्मी र बाग्लुङ्ग वा पाल्पा जस्ता कुनै देश संग सिमा नजोडिएका जिल्ला र मनाङ्ग, मुस्ताङ्ग र सोलुका हिमाली जिल्ला वासीलाई भन्दा हजारौं लाखौँ पिडा, डर,त्रास , तनाब, असुरक्ष्या र अपमानको भुक्त भोगी छन् भने तिनै तराई मधेसवासी छन्। तिनीहरुलेनै आफ्नै जिउ ज्यान,धन सम्पति र माटोको रक्षार्थ सतिशाल जस्तै उभिएर मातृभूमिलाई पहरा दिईरहेकाछन्। त्यो सत्यकोउजागर आजको यस ऐतिहासिक दिनको निर्णयले गरेको छ। नेपालीमा थोरै धेरै रहेका अपभ्रम्श, आशंका, र कुस्टा अनि मनोरोग र विभेदकारी घृणाको दृस्टीमाथि ठूलो बज्रपात भएको छ।

एकाद व्यक्ति र गुट जत्थालाई छोडेर सिंगो देश एक भएको छ। इतिहासमा ठुलो युद्ध वा विपत्तिका बेला नेपाली एकता संसारका सामु निकै ठुलो नमुना शिक्षा र उदाहरण भएकोछ। खासैमा भन्ने हो भने केहि पहाडेहरुको भाषामा वा प्रत्यक्ष देखाइमा पनि रङ्गमा केहि काला तराई मदेशवासी नेपाल पुत्रको केहि कालो छाला भित्र कति सेतो हिरा र रातो मणि ले सुसज्जित रहेछ। आजको दिनमा पनि भूगोल, रङ्ग बर्ग,लिङ्ग र जात भातको सिमाराखेर कुचेष्टाको कलंकित दृस्टीले हेर्ने हरुको ह्रीदय र आँखामा ३६००० किलो वाटको चट्त्याङ्गको बज्रपात बर्सेकोछ भने तिनै पहाडेको तुलनामा केहि कालो छाला भएका आम सपुत भित्रको हिरा र मणिको ज्वाला एकाएक बिजुलि बनेर जल्जलाएमान भएकोछ।
स सम्मानअभिवादन छ। तराइ बासी सम्पूर्ण आमा,वुवा,दाजु,भाइ दिदी,बहिनीहरुमा। धारिलो तरवार ताकेर आएको दुश्मनलाई गुलाबको फुलको मालाले अभिनन्दन गरी आत्माग्लानी र आँशुमा डुवाएर संसार परिवर्तनगर्ने तपाईंहरुको महानताले भरिएको एक्काइशौं शताव्दीको यो ऐतिहासिक दिन सदा अमर रहनेछ।


प्रकाशित : २०७७ असार २, मंगलवार ११:१३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
  • सिंहदरबारमा सुरक्षा परिषद् बैठक
  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान
  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?
  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल
प्रतिक्रिया

यो पनि पढौँ

जीवनका निर्णय

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

विद्यार्थी जीवन ( कविता)

कला, संघर्ष र समाज रुपान्तरणको पर्याय ः सिद्धार्थ नाट्यशाला

विद्यार्थी जीवन

मेरो लक्ष्य, उज्यालो भविष्य

बिदेशिनु रहर होइन, बाध्यता हो ।

फागुन २१ को चुनाव तथा देश र जनताको भविष्य

WHO को पोलारिस : महामारीको तयारीमा म्यामोथबाट उत्पन्न काल्पनिक भाइरसको परिदृश्य

कपिलवस्तुका कक्षामा क्रान्ति : डिजिटल शिक्षाले बदलिँदैछ भविष्य

भर्खरै

  • कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • सिंहदरबारमा सुरक्षा परिषद् बैठक

  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

  • स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

  • राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

  • डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

  • नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

  • सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech