ताजा अपडेट

राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त

एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन

विद्युत प्राधिकरणको लापरबाहीले पोलमै अस्ताए उपेश।

परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन – मुख्यमन्त्री आचार्य

कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान

सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते

कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई

राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सलहको इतिहास यसको प्रकोप र नियन्त्रण

लुम्बिनी दर्पण २०७७ असार १४, आईतवार १८:१९
[sharethis-inline-buttons]
Image XYZ

लेखक ध्रुब पौडेल  

१५ असार २०७७, कपिलवस्तु ।
सलह फट््याङ्ग्रा प्रजातिको एक किसिमको फौजी किरा हो । यो Acrididae परिवार अन्तरगतको हुलमा चरण गर्ने किरा हो । यस किराले बालीनाली मा आक्रमण गरेर सखाप गरी भोकमरी र मानव स्थानान्तरण सम्मको परिस्थिति सिर्जना गर्दछ ।

यिनीहरु धेरैजसो एक्लै बस्ने गर्दछन् र कृषि जन्य वस्तुहरु अत्यधिक विनाश गर्दैनन् तर केही परिस्थतिमा यि किराहरुले व्यवहारमा परिवर्तन गरी हुल बनाएर बस्ने गर्दछन् र अत्यधिक मात्रामा सागपात, बोट बिरुवाका बोक्रा अदिको अध्यधिक विनाश गर्दछन् । लामो सुख्खायाम, खडेरी पछि उत्पादन हुने बाट बिरुवाको तिव्र बृद्धि भएको अवस्थामा यिनीहरुको मस्तिष्कमा सेरोटोनिन नामक पदार्थको नाटकिय रुपमा परिवर्तन भई प्रशस्त प्रजनन् गर्न थाल्छन र बालीनाली विनाश गर्दै घुमन्ते बन्दछन् ।
कपिलवस्तु, रुपन्देही, बारा, पर्सा र सर्लाहीमा भारतबाट आयो …
वयस्क सलह ठूलो हुलमा बस्ने गर्दछन् र यीनीहरु लामो दुरी सम्म उड्न सक्छन् । सलहको हुलमा ४० लाख देखि करोडौँ सम्मका फट्याङ्रा हुने गर्दछन् । यीनीहरुको हुलले भेटे जतिका लगभग सबै हरिया बोट्बिरुवा लाई खाई सखाप बनाउछ।न् । हुलमा बस्ने प्रतेक किराले एक पटकमा २ ग्राम जति हरिया पात खाने गर्दछन् । एउटा मध्यम खालको सलहको हुलले औषतमा १० वटा हात्ती, २५ वटा उँट अथवा २,५०० मानिसको तौल बराबर अर्थात १५० टन हरिया सागपात खाने गर्दछ । संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले यो किराको नाम सलह (लोकस्ट) प्लेग दिएको छ । किरा समूहमा पर्ने यो जीवले कृषि बालिमा अमेरिकी फौजी किराले भन्दा बढी क्षति पु¥याउँछ । यो किराले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठ समेत गरी खाइदिन सक्छ ।

सलह किरा अफ्रिकामा सन् २००३ मा प्रकोपको रुपमा देखिएको थियो । यो निकै नै पुरानो प्रवासी शत्रुजीव हो । अन्टार्कटिका बाहेक सबै जसो महादेशमा यो बिपत्ती फैलिएको पाइएको छ । सलह किराहरु धेरै प्रजातीहरुका छन् । ती मध्ये अस्ट्रेलियामा फैलिएको सलहलाई Australian Plague Locust भनेर चिनिन्छ भने अमेरिकामा फैलिएको किरालाई American Locust भनिन्छ, तर यो सलहले पु¥याउने क्षति मरुभुमिको सलह भन्दा कम हुन्छ । मरुभूमिको सलह (Schistocera gregaria) लाई सबै भन्दा विनाशकारी सलहको रुपमा चिनिन्छ । जुन अहिले पनि धेरै ठाउँहरुमा फैलिएर बिनाश फैलाइरहेको छ । एउटा मरुभूमि सलहको आयु ३ महिना देखि ५ महिनाको हुन्छ । यसको जीवनचक्रमा तीनवटा चरणहरु पूmल, हप्पर र वयस्क हुन्छन् । एउटा वयस्क सलहले आफ्नो जीवनकालमा ६ देखि ११ दिनको अन्तरमा बलौटे माटोमा कम्तिमा पनि तीनपटक सम्म (एक पटकमा ९५–१५८) र अधिकतम १००० वटा सम्म फूल पार्दछ । सलह हावाको बेगको दिशामा यात्रा गर्ने गर्दछन् । सामान्यतया यिनीहरु प्रतिदिन ५ देखि १३० किलोमिटर सम्म यात्रा गर्दछन् ।

नेपालमा सलहको इतिहास हेर्ने हो भने पहिलो पटक सलह वि.सं.२०१९ सालमा काठमाण्डौ र वरपरका क्षेत्रमा देखा परेको थियो । यसले सृजना गरेको कहरका कारण नेपालमा ठूलो खाद्य संकट निम्तिएको र अनिकालको अवस्था सृजना भएको कृषिका पुस्तकहरुमा उल्लेख गरेको पाइन्छ । यसै गरी वि.सं.२०५३ सालमा भित्रिएको सलहको हुलले सबै भन्दा बढी क्षति चितवनमा पु¥याएको थियो । चितवनमा सलहले ८० प्रतिशत भन्दा बढी बाली नाली सखाप पारेको थियो भने मकवानपुर, महोत्तरी र बारा जिल्लाहरुमा पनि यसले आंशिक रुपमा क्षति पु¥याएको थियो ।

अहिले पाकिस्तान हुदै भारत र भारतबाट नेपालका बारा, सर्लाही, रुपन्देही, कपिलवस्तु हुँदै पहाडी क्षेत्रमा प्रवेश गरेको सलह किरा २०१८ सालमा साउदि अरब नजिकैको अरेबियन प्रायद्विप पेनिनसुला(Arabian peninsula) मा दुई ठूला आँधी साइक्लोनले भारि बर्षा गराए पछि प्रजनन गराएको पाइन्छ, जहाँ ९ महिनामा ३ पुस्ताको प्रजनन गरेर यिनीहरुले आफ्नो सङख्या ८०० गुणाले बढाएका थिए । नजिकैको यमन र ओमानले त्यतिबेला खाद्य सङ्कटसँग जुधिरहेकाले उनिहरुले यस किरालाइ प्रोटिनको रुपमा प्रयोग गरे । तर यो किरा लाल सागर र गल्फ अफ इडेनला पार गरि अफ्रिका पुगेको मानिन्छ । २०१९ मा अफ्रिकाको सोमालियामा साईकलोनाका कारण भारि बर्षा भएको थियो जसका कारण त्यहाको माटो ओसिलो र वातावरण हरियाली भयो जसले गर्दा यो किराको प्रजनन क्षमता र दर बढायो र यो केन्या सम्म सन् २०२० को पहिलो महिनामा पुग्यो जहाँको बर्षा र चिसो माटोले यसको जनसङख्या बढाउन अझै मद्दत गरेको पाइन्छ।

यिनीहरुको इतिहास धेरै पुरानो छ । प्राचिन मिश्रका कब्रका चट्टानहरुमा कुँदिएका चित्रमा पनि सलहको इतिहास पाइन्छ । त्यसै गरी महाभारत, कुरान, इलियड र बाइबलमा पनि यी किराहरुको उल्लेख गरेको पाइन्छ । कृषि पद्धतिमा परिवर्तन गरी तथा सलहको बास स्थान पत्ता लगाई यिनीहरुलाई प्रजनन्को प्रारम्भिक चरणमा नै नियन्त्रण गर्न सकियो भने मात्र खाद्यान्न महामारीबाट जोगाउन सकिन्छ ।
यी किराहरु ठूला आकारका हुने हुनाले प्राणीशास्त्र अध्ययनका लागि यस्ता किरा नियन्त्रण गरी उपयोग गर्न सकिन्छ । यी किराहरुमा अत्यधिक मात्रामा प्रोटिन पाइने हुनाले धेरै देशहरुमा यिनीहरुलाई खाने गर्दछन् ।

नियन्त्रण
ऐतिहासिक रुपमा हेर्दा सलह किरालाई नियन्त्रण गर्नका लागि मानिसहरुले यस्ता किराहरु खाने गर्दथे तर यस्ता किराको सेवनले उनीहरुमा केही समस्या देखा पर्दथ्यो । २०औ. शताब्दीको शुरुमा सलहले फूलपार्ने ठस्थानमा खनजोत गरी तिनीहरुको फूलको बृद्धि र विकासमा अवरोध गर्ने प्रयास गरीएको थियो । विभिन्न किटहरु समात्ने यन्त्र जस्तै जाल हालेर समात्ने र खाडलमा पुर्ने, जलाउने वा रोलर लगाई किचेर मार्ने गरियो ।

सन् १९५० को दशकमा अर्गेनेक्लोराइड डाइल्ड्रिन सलहको विनासकालागि अत्यन्त उपयोगी पाइयो र यसको प्रयोगबाट नियन्त्रण गर्ने प्रयास गरियो तर पछि यो वातावरणमा लामो समयसम्म रहि रहने तथा खाद्य श्रृङ्खलाका जैविक संरचनालाई विनाश गर्ने हुँदा यसको प्रयोगमा कतिपय देशहरुले पूर्ण रुपमा प्रतिबन्ध लगाए ।

विगतका केही वर्षहरुमा सलहको नियन्त्रणका लागि ट्रयाक्टर वा हवाई जहाजबाट कम कडा खालका किटनाशकहरुको प्रयोग गरिएको पाइन्छ । अन्य उपायहरुमा आधुनिक प्रविधिहरु ज्स्तै जीपीएस, जीआईएस जस्ता उपकरण तथा भू–उप्रहहरुबाट प्राप्त चित्रहरुबाट जानकारी प्रदान गरिने र नियन्त्रणका लागि सलह आउनुपूर्व जानकारी गराई नियन्त्रणका उपायहरु अपनाउने गरिएको छ ।

सन् १९९७ मा अफ्रिकामा बहुराष्ट्रिय वैज्ञानिकहरुको टोलीले जैविक किटनाशकको रुपमा मेथारिजियम एक्रिडम नामक एक किसिमको ढुसी प्रयोगमा ल्याए । यस ढुसीलाई सलहको प्रजनन क्षेत्रमा छर्कँदा यस ढुसीको बिजाणुको टुसाले सलहको बाहिरी खोल (एक्सोस्कलेटन)लाई छेड्छ र शरीरको पाचन प्रणालीलाई अक्रमण गरी सलहलाई मार्दछ । यसरी यो ढुसी एक किराबाट अर्को किरामा सर्ने र संक्रमण गर्ने हुँदा यसको प्रयोग निरन्तर रुपमा गर्नु पर्दैन । यो सलह नियन्त्रण पद्धति २००९ मा तन्जानियाको इकु–कटवी राष्ट्रिय निकुञ्जमा वयस्क सलह भएको १०,००० हेक्टरमा उपारार्थ प्रयोग गरिएको थियो । यो प्रयोग सकारात्मक थियो र यस प्रयोगबाट हात्ती, जलगैँडा र जिराफमा कुनै किसिमको नाकारात्मक प्रभाव परेको देखिएन । यस बाहेक थाल ठटाएर, तीब्र ध्वनिको यन्त्र बजाएर धुँवाको मुस्लो बालेर पनि सलहलाई धपाउन सकिन्छ तर यी विधिबाट यिनको जनसंख्या नियन्त्रण वा कम गर्न सकिँदैन ।


प्रकाशित : २०७७ असार १४, आईतवार १८:१९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी
  • वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त
  • एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन
  • विद्युत प्राधिकरणको लापरबाहीले पोलमै अस्ताए उपेश।
  • परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन – मुख्यमन्त्री आचार्य
प्रतिक्रिया

यो पनि पढौँ

नेपाल खेलकुद महासंघ कपिलवस्तुद्धारा ‘खुल्ला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता’ सम्पन्न

बाणगंगा वेलफेयर सोसाइटीद्वारा देउसी-भैलो कार्यक्रमको निरन्तरता

रक्तिम बाणगंगा समितिको नयाँ नेतृत्व गठन

इन्जिनियरिङ्ग संगै गीत संगीतमा जम्दै अनिल

नव प्रभाव वनले भदौ १५ गते तिज गीत प्रतियोगिता आयोजना गर्दै

गायक शिब खनालको तिज कोशेली ‘हाइ मेरी मायालु’ चर्चामा (भिडियो सहित)

गायक शिब खनालको तिज कोशेली ‘हाइ मेरी मायालु’ चर्चामा

‘राजनीतिमा युवा सहभागिता, अवसर र चुनौतीहरु’

उद्योग बाणिज्य संघको अध्यक्षमा न्यौपानेको बलियो आधार तयार, यस्ता छन् एजेन्डा

नायक तथा गायक बिक्रम जंग शाहको “हेर्छो तन्की तन्की” सार्वजनिक (भिडियो सहित)

बिनोद ढकाल र स्वर्गीय निरा छन्त्यालको स्वरमा “घर हाम्रो खोटाङ्गको चिसापानीमा” सार्वजनिक

कोरोना जोखिम बढेसँगै इपिडिमियोलोजी महाशाखाले सबै निकायसँग माग्यो दैनिक रिपोर्ट

भर्खरै

  • राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

  • वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त

  • एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको निधन

  • विद्युत प्राधिकरणको लापरबाहीले पोलमै अस्ताए उपेश।

  • परिणाम नदेखिने काममा सरकारले लगानी गर्दैन – मुख्यमन्त्री आचार्य

  • कपिलवस्तुमा हावाहुरीले रुख ढल्दा बालिकाले गुमाइन ज्यान

  • सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु, ३ घाइते

  • कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई

  • राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

  • ‘कटप्पा’ समूह : नातेदारको गिरोह बनाएर १२ घरबाट ७९ लाख डकैती


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech