ताजा अपडेट

शुद्धोधन १ का वडाध्यक्ष ताहिरका दाजुभाई माथि कुटपिट, पिडकलाई कारवाहीको माग

दुना टपरी बेचेर परिवारको दैनिकी चलाउँदै धनकली र सीता

सञ्चारीका समुह कपिलवस्तुद्धारा डायलासिस सेन्टरका बिरामीलाई फलफुल बितरण

हामीले कुरा गरेपछि भारत र पाकिस्तानबीच हात हालाहाल रोकियो – प्रधानमन्त्री ओली

कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि मुद्दा

गुल्मीको मुसिकोटमा पौडी खेल्नेक्रममा डुबेर एक किशोरको मृत्यु

संविधान संशोधन गरेर निर्वाचन प्रणाली बदल्नुपर्छ – अध्यक्ष प्रचण्ड

नागरिकता प्रतिलिपि बनाउने बढी छन् गुल्मीमा ।

झापामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बदलिँदो मौसममा हुने रोगबाट जोगिने ११ टिप्स

लुम्बिनी दर्पण २०७८ कार्तिक ५, शुक्रबार १२:०७
[sharethis-inline-buttons]
Image XYZ

झरीपछि टन्टलापुर घाम अनि अब विस्तारै चिसो मौसम सुरु भइरहेको छ। यसरी मौसम परिर्वत हुने बेला रुघाखोकी, ज्वरो, ‘फंगल इन्फेक्सन’, टाइफाइड, मलेरियाजस्ता रोग लाग्ने जोखिम बढी हुन्छ। त्यसैले मौसम परिवर्तन हुने बेलामा स्वास्थ्यबारे बढी सचेत हुनुपर्छ।

–  मौसम बदलिने बेलामा र अझ झरी सकिए लगत्तैका दिनमा हेपाटाइटिस र टाइफाइड लाग्ने जोखिम बढी हुन्छ। यसबाट बच्न सडकमा बेच्नराखेका खानेकुरा र पेय पदार्थ भरिसक्के खानु हुँदैन। सकेसम्म घरमै खानपिन गर्नुपर्छ।

– मौसम परिवर्तन भइरहेको बेला उमालेको पानी खाने गर्नुपर्छ। जथाभावी पानी खानु हुँदैन। किनकि, बदलिँदो मौसममा पानीबाट रोग संक्रमण हुने जोखिम बढ्दा हुन्छ।

–  झरी सकिएपछि पानीको दह ठाउँ–ठाउँमा जम्मा भएको हुन्छ, जहाँ  अनेक खालका किटाणु र ब्याक्टेरिया हुर्किने, बढ्ने गर्छन्। हिँड्दावर्दा यस्ता दहमा पाइने कीटाणु शरीरमा सर्ने हुँदा मौसम परिवर्तन भइरहेको अहिलेको अवस्थामा दिनहुँ नुहाउने गर्नुपर्छ। नुहाउँदा ‘एन्टिब्याक्टेरियल’ साबुन प्रयोग गर्नु लाभदायक हुन्छ।

–  विशेषगरी महिलाले नुहाइसकेपछि कपाललाई सुक्न दिनुपर्छ। चिसै कपाल बाटेर काममा हिँड्नुभयो भने यस्तो समयमा कपाल टुक्रने, झर्ने जोखिम बढी हुन्छ।

– अहिलेको बदलिँदो मौसममा संक्रमण हुनसक्ने अर्को रोग हो, हैजा। देशका कतिपय स्थानमा हैजा रोग फैलिएको समाचार केही समयअघिदेखि नै आइरहेका छन्। त्यही भएर बासी खाना भरिसक्के खानु हुँदैन। तातो खाना खाने र खाना, पानी आदिलाई छोपेर राख्ने गर्नुपर्छ।

– बाहिरबाट आएपछि अथवा केही काम गरेपछि साबुन पानीले हात धुने गर्नुपर्छ। साथै, खाना खाइसकेपछि र खानुअघि पनि अनिवार्य रूपले साबुन पानीले हात धुने गर्नुपर्छ।

– ठाउँ–ठाउँमा जम्ने पानीका कारण लामखुट्टे लाग्ने भएकाले मलेरिया, डेंगूजस्ता रोग झरी लगत्तैको समयमा लाग्ने सम्भावना बढी हुन्छ। त्यही भएर लामखुट्टे लाग्ने ठाउँमा बस्नेले झुल हाल्न अल्छी गर्नु हुँदैन। अथवा, लामखुट्टे भगाउने क्वाइल, स्प्रे आदिसमेत प्रयोग गर्न सकिन्छ।

–    झरीलगत्तै मौसम बदलिँदा धेरैलाई रुघाखोकी लाग्ने गर्छ। किनकि, यस्तो बेलामा मानिसमा रोगप्रतिरोधी क्षमता कम हुने गर्छ। यस्तो मौसममा रुघाखोकीबाट बच्न घरबाट निस्किने बेलामा मास्क र टोपी अथवा स्कार्फ लगाउने बानी बसाल्नुपर्छ। शरीरको रोगप्रतिरोधी क्षमता बढाउन साग, फलफूल र सलाद सकेसम्म बढी खानुपर्छ।

–    मौसम बदलिरहेको अहिलेको समयमा पेट गडबड हुने, एसिडिटी बढ्ने, कब्जियत हुने आदि जोखिम पनि बढी हुन्छ। यस्तो जोखिम कम गर्न ताजा खाना खाने र प्रशस्त पानी पिउने गर्नुपर्छ। अहिलेको जस्तो बदलिँदो मौसममा केही घण्टाअघि काटेर राखेको फलफूल खानु हुँदैन। किनकि, यस्ता फलफूलमा जीवाणु संक्रमण भएको हुन सक्छ।

–    काखी, खुट्टा, औँलाको काप, हिप आदिमा हावा सञ्चार नहुने अथवा कम हुने भएकाले यी ठाउँमा अहिलेको बदलिँदो मौसममा ‘फंगल इन्फेक्सन’ हुने जोखिम बढी हुन्छ। यसबाट बच्न शरीरलाई भरिसक्के चिसो राख्नु हुँदैन र नुहाएपछि शरीरलाई राम्रोसँग पुछ्ने गर्नुपर्छ। साथै, काखी, काछ आदिको सरसफाइमा अतिरिक्त ध्यान दिने र पेन्टी र रुमाल दिनहुँ धोएर मात्र प्रयोग गर्ने गर्नुपर्छ।

– अहिले कोरोना भाइरसको संक्रमण दरमा केही कमी आएको भए पनि जोखिम भने टरेको छैन। त्यसकारण जनस्वास्थ्यका मापदण्डहरु जस्तै भीडभाडमा नजाने, भौतिक दूरी कायम गर्ने, मास्क लगाउने र साबुन पानीले हात धुने गर्नुपर्छ।


प्रकाशित : २०७८ कार्तिक ५, शुक्रबार १२:०७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • हामीले कुरा गरेपछि भारत र पाकिस्तानबीच हात हालाहाल रोकियो – प्रधानमन्त्री ओली
  • कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि मुद्दा
  • संविधान संशोधन गरेर निर्वाचन प्रणाली बदल्नुपर्छ – अध्यक्ष प्रचण्ड
  • नागरिकता प्रतिलिपि बनाउने बढी छन् गुल्मीमा ।
  • वन्डरनेष्टद्वारा बुटवलमा ‘पेन्ट योर मर्निङ’ कार्यक्रम सम्पन्न ।
प्रतिक्रिया

यो पनि पढौँ

पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, १,३८६ संक्रमित

कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, ३,१७५ संक्रमित थपिए

लगातार ५ औँ दिन आज पनि कोरोना पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या बढी

आज ३६३७ जनामा कोराना संक्रमण , ७५५५ जना निको , १२ जनाको मृत्यु

प्रयोगशालाबाहिर गरिएका कोरोना परीक्षणको विवरण पठाउन मन्त्रालयको आग्रह

आज पनि कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या धेरै

सियारी वडा नम्बर ६ कमिटी अध्यक्षमा घिमिरे

२४ घण्टामा तीन हजार ५४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

नवलपुरमा गैडाले हानेर एक जनाको निधन

आजदेखि विद्यार्थीलाई विद्यालयमै खोप, २० माघसम्म लगाइसक्ने

बाणगंगा ११ मा गर्भवती महिलाहरुको निःशुल्क एक्स रे तथा दन्त शिविर सञ्चालन

२४ घण्टामा थप ६ हजार ८२७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि

भर्खरै

  • शुद्धोधन १ का वडाध्यक्ष ताहिरका दाजुभाई माथि कुटपिट, पिडकलाई कारवाहीको माग

  • दुना टपरी बेचेर परिवारको दैनिकी चलाउँदै धनकली र सीता

  • सञ्चारीका समुह कपिलवस्तुद्धारा डायलासिस सेन्टरका बिरामीलाई फलफुल बितरण

  • हामीले कुरा गरेपछि भारत र पाकिस्तानबीच हात हालाहाल रोकियो – प्रधानमन्त्री ओली

  • कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि मुद्दा

  • गुल्मीको मुसिकोटमा पौडी खेल्नेक्रममा डुबेर एक किशोरको मृत्यु

  • संविधान संशोधन गरेर निर्वाचन प्रणाली बदल्नुपर्छ – अध्यक्ष प्रचण्ड

  • नागरिकता प्रतिलिपि बनाउने बढी छन् गुल्मीमा ।

  • झापामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

  • अवरूद्ध नारायणघाट(मुग्लिन सडक दुईतर्फी खुल्यो


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech