ताजा अपडेट

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बदलिँदो मौसममा हुने रोगबाट जोगिने ११ टिप्स

लुम्बिनी दर्पण २०७८ कार्तिक ५, शुक्रबार १२:०७
[sharethis-inline-buttons]

झरीपछि टन्टलापुर घाम अनि अब विस्तारै चिसो मौसम सुरु भइरहेको छ। यसरी मौसम परिर्वत हुने बेला रुघाखोकी, ज्वरो, ‘फंगल इन्फेक्सन’, टाइफाइड, मलेरियाजस्ता रोग लाग्ने जोखिम बढी हुन्छ। त्यसैले मौसम परिवर्तन हुने बेलामा स्वास्थ्यबारे बढी सचेत हुनुपर्छ।

–  मौसम बदलिने बेलामा र अझ झरी सकिए लगत्तैका दिनमा हेपाटाइटिस र टाइफाइड लाग्ने जोखिम बढी हुन्छ। यसबाट बच्न सडकमा बेच्नराखेका खानेकुरा र पेय पदार्थ भरिसक्के खानु हुँदैन। सकेसम्म घरमै खानपिन गर्नुपर्छ।

– मौसम परिवर्तन भइरहेको बेला उमालेको पानी खाने गर्नुपर्छ। जथाभावी पानी खानु हुँदैन। किनकि, बदलिँदो मौसममा पानीबाट रोग संक्रमण हुने जोखिम बढ्दा हुन्छ।

–  झरी सकिएपछि पानीको दह ठाउँ–ठाउँमा जम्मा भएको हुन्छ, जहाँ  अनेक खालका किटाणु र ब्याक्टेरिया हुर्किने, बढ्ने गर्छन्। हिँड्दावर्दा यस्ता दहमा पाइने कीटाणु शरीरमा सर्ने हुँदा मौसम परिवर्तन भइरहेको अहिलेको अवस्थामा दिनहुँ नुहाउने गर्नुपर्छ। नुहाउँदा ‘एन्टिब्याक्टेरियल’ साबुन प्रयोग गर्नु लाभदायक हुन्छ।

–  विशेषगरी महिलाले नुहाइसकेपछि कपाललाई सुक्न दिनुपर्छ। चिसै कपाल बाटेर काममा हिँड्नुभयो भने यस्तो समयमा कपाल टुक्रने, झर्ने जोखिम बढी हुन्छ।

– अहिलेको बदलिँदो मौसममा संक्रमण हुनसक्ने अर्को रोग हो, हैजा। देशका कतिपय स्थानमा हैजा रोग फैलिएको समाचार केही समयअघिदेखि नै आइरहेका छन्। त्यही भएर बासी खाना भरिसक्के खानु हुँदैन। तातो खाना खाने र खाना, पानी आदिलाई छोपेर राख्ने गर्नुपर्छ।

– बाहिरबाट आएपछि अथवा केही काम गरेपछि साबुन पानीले हात धुने गर्नुपर्छ। साथै, खाना खाइसकेपछि र खानुअघि पनि अनिवार्य रूपले साबुन पानीले हात धुने गर्नुपर्छ।

– ठाउँ–ठाउँमा जम्ने पानीका कारण लामखुट्टे लाग्ने भएकाले मलेरिया, डेंगूजस्ता रोग झरी लगत्तैको समयमा लाग्ने सम्भावना बढी हुन्छ। त्यही भएर लामखुट्टे लाग्ने ठाउँमा बस्नेले झुल हाल्न अल्छी गर्नु हुँदैन। अथवा, लामखुट्टे भगाउने क्वाइल, स्प्रे आदिसमेत प्रयोग गर्न सकिन्छ।

–    झरीलगत्तै मौसम बदलिँदा धेरैलाई रुघाखोकी लाग्ने गर्छ। किनकि, यस्तो बेलामा मानिसमा रोगप्रतिरोधी क्षमता कम हुने गर्छ। यस्तो मौसममा रुघाखोकीबाट बच्न घरबाट निस्किने बेलामा मास्क र टोपी अथवा स्कार्फ लगाउने बानी बसाल्नुपर्छ। शरीरको रोगप्रतिरोधी क्षमता बढाउन साग, फलफूल र सलाद सकेसम्म बढी खानुपर्छ।

–    मौसम बदलिरहेको अहिलेको समयमा पेट गडबड हुने, एसिडिटी बढ्ने, कब्जियत हुने आदि जोखिम पनि बढी हुन्छ। यस्तो जोखिम कम गर्न ताजा खाना खाने र प्रशस्त पानी पिउने गर्नुपर्छ। अहिलेको जस्तो बदलिँदो मौसममा केही घण्टाअघि काटेर राखेको फलफूल खानु हुँदैन। किनकि, यस्ता फलफूलमा जीवाणु संक्रमण भएको हुन सक्छ।

–    काखी, खुट्टा, औँलाको काप, हिप आदिमा हावा सञ्चार नहुने अथवा कम हुने भएकाले यी ठाउँमा अहिलेको बदलिँदो मौसममा ‘फंगल इन्फेक्सन’ हुने जोखिम बढी हुन्छ। यसबाट बच्न शरीरलाई भरिसक्के चिसो राख्नु हुँदैन र नुहाएपछि शरीरलाई राम्रोसँग पुछ्ने गर्नुपर्छ। साथै, काखी, काछ आदिको सरसफाइमा अतिरिक्त ध्यान दिने र पेन्टी र रुमाल दिनहुँ धोएर मात्र प्रयोग गर्ने गर्नुपर्छ।

– अहिले कोरोना भाइरसको संक्रमण दरमा केही कमी आएको भए पनि जोखिम भने टरेको छैन। त्यसकारण जनस्वास्थ्यका मापदण्डहरु जस्तै भीडभाडमा नजाने, भौतिक दूरी कायम गर्ने, मास्क लगाउने र साबुन पानीले हात धुने गर्नुपर्छ।


प्रकाशित : २०७८ कार्तिक ५, शुक्रबार १२:०७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई
प्रतिक्रिया

यो पनि पढौँ

लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा

लिटल स्टारको गौरव : ४ जीपीएधारी पाण्डेलाई रु. १ लाख बढी पुरस्कार

पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, १,३८६ संक्रमित

कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, ३,१७५ संक्रमित थपिए

लगातार ५ औँ दिन आज पनि कोरोना पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या बढी

आज ३६३७ जनामा कोराना संक्रमण , ७५५५ जना निको , १२ जनाको मृत्यु

प्रयोगशालाबाहिर गरिएका कोरोना परीक्षणको विवरण पठाउन मन्त्रालयको आग्रह

आज पनि कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या धेरै

सियारी वडा नम्बर ६ कमिटी अध्यक्षमा घिमिरे

२४ घण्टामा तीन हजार ५४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

नवलपुरमा गैडाले हानेर एक जनाको निधन

आजदेखि विद्यार्थीलाई विद्यालयमै खोप, २० माघसम्म लगाइसक्ने

भर्खरै

  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

  • पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

  • कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech