ताजा अपडेट

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बाणगंगा र गजेहडा भुपु सैनिक खानेपानीले उपभोक्तालाई शुद्ध पानी खुवाएको जिकिर

लुम्बिनी दर्पण २०७८ पुष ३, शनिबार १८:५१
[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
बाणगंगा र गजेहडा भुपु सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको ७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रम आज बाणगंगा १ उत्तम नगरमा रहेको खानेपानीको आफ्नै प्राङ्गणमा सम्पन्न भएको हो । “सफा पानी सफा बानी सहयोग पुर्याउने भूपू सैनिक खानेपानी, सफा पानी पिउ निरोगी बनौं” भन्ने मूल नारालाई आत्मासाथ गर्दै भएको कार्यक्रममा खानेपानीका सचिव कृष्ण बहादुर शाहीले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष राममाया रानाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सरकारकी पर्यटन ग्रामीण तथा शहरी विकास भौतिक पुर्वधार राजमन्त्री रिना नेपालले प्रदेश सरकारले खानेपानीको सवालमा अग्रसरता देखाउँदै बजेट विनियोजन गर्दै आएको बताए । कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी राजमन्त्री नेपालले खानेपानीको मानव जीवनमा अहम भूमिका रहने भन्दै यसको स्वच्छताको लागी विभिन्न समयमा मर्मतसम्भार गर्दै जानुपर्ने बताईन ।

प्रदेश सरकारले विस्तृत डिपीआर निर्माण गरी खानेपानीको क्षेत्रमा अझ महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने उनको भनाई छ । प्रदेशका १२ वटा जिल्लामा प्रदेश सरकारको मातहतमा बाणगंगा र गजेहडा भूपू सैनिक खानेपानी प्रदेश स्तरिय प्रयोगशालाको रुपमा तयार भएको बताईएको छ ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथि लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले बाणगंगा र गजेहडा भूपू सैनिक खानेपानीलाई अझ व्यवस्थित बनाउन आफुले खेल्नुपर्ने भूमिका सशक्त रुपमा निर्वाह गर्ने बताए । सासंद पन्थीले भविष्यको मोडालिटी उपभोक्ता समितिमार्फत गई राज्यले पानी पुर्याउने नै रहेको बताए । अन्यत्र सरकारले आफै पानी दिन्छु भनेमा सबै लथालिङ्ग हुने उनले दाबी समेत गरेका छन् ।

यस्तै बाणगंगा नगरपालिकाका उपमेयर चक्र अर्यालले भूपू सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितीले ल्याएका सबै कार्यक्रमहरु नगर बासिका लागि उचित र प्रभावकारि रहेको बताए । उनले भूपू सैनिक खानेपानी उपभोग गर्ने उपभोक्ताले शुद्ध पानी पाएको जिकिर गरे । कायक्रममा बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेव खनाल, संस्थाका सल्लाहकार तथा नागरिक समाजका अध्यक्ष दोलख बहादुर पछाइ लगाएतले बोलेका हुन ।

साधारण सभामा समितीका सचिव कृष्ण बहादुर शाहीले प्रस्तुत गरेको वार्षिक प्रतिबेदन, कोषाध्यक्ष राममाया रानाले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन बन्द तथा खुलासत्रबाट पारित भएको छ । यस्तै कार्यक्रममा आन्तरीक लेखा परिक्षण प्रतिबेदन संयोजक कमल पौडेलले र पानी सुरक्षा समितीको प्रतिबेदन संयोजक निर्मल शाहीले प्रस्तुत गरेका थिए ।

कार्यक्रम समितीका अध्यक्ष राजेन्द्र विक्रम शाहको अध्यक्षता, उपाध्यक्ष झलक मल्ल ठकुरीको स्वागत मन्तब्य र सचिव कृष्ण बहादुर शाही (विजय) को संचालनमा सम्पन्न भएको हो । संस्थाले यस बर्ष देखि पानी शुद्धिकरण प्रयोगशाला संञ्चालनमा ल्याएको छ ।

 


प्रकाशित : २०७८ पुष ३, शनिबार १८:५१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई
प्रतिक्रिया

यो पनि पढौँ

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

विदेशमा १४ वर्ष पसिना, घर फर्किएपछि आफ्नै माटोमा ‘दियालो’ बाल्दै कमल

भोटेकोशी बाढीको पीडा गीतमा : दिनेश रञ्जनको ‘रसुवाको घटना’ सार्वजनिक

थकाली खानाको स्वाद अब जितपुरमै, खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

भर्खरै

  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

  • पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

  • कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech