ताजा अपडेट

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

पत्रकार हरि अधिकारीको कपिलवस्तुका सिडियोलाई खुला पत्र

लुम्बिनी दर्पण २०७७ जेष्ठ २१, बुधबार ०३:१५
[sharethis-inline-buttons]

हरि अधिकारी , कपिलवस्तु ।

दीर्घनारायण पौडेल सर नमस्कार।
सरकारले जेठ ३२ सम्म लकडाउन जारी राखेको छ । थप संक्रमण फैलिन नदिन सरकारले भनेको र गरेको लकडाउन ७० दिन पुगिसक्यो । त्यो कसका लागि अव सोच्नुपर्ने बेला आयो ? संघीय सरकारले लकडाउनको विकल्पबारे सोचिरहेका बेला जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले किन हतार हतारमा नयाँ निर्णय गर्यो । जहाँकी कपिलवस्तु कोरोनाको उच्च जोखिममा छ । सरकारको अर्को निर्णय नआउदा सम्म कपिलवस्तुले धैर्य गर्न किन सकेन ?अब लकडाउन नै किन भनि राख्नुपर्यो ? कतै लकडाउनको औचित्य सकिएको त हैन यक्ष प्रश्न ? हाम्रा निर्णय र व्यहवारले कपिलवस्तुमा २०७७ जेठ २० गते बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको वैठकबाट नयाँ निर्णय सुनियो । निर्णय सुन्दा संघीय सरकारको जारी लकडाउन, महामारी व्यवस्थापनमा संघले प्रत्येक प्रदेशमा जिम्मेवारी तोकेको एक जना मन्त्री तथा प्रदेश तथा स्थानीय सरकार, स्वास्थ्य क्षेत्रका विज्ञसंग कुनै परामर्श गरी गरिएको निर्णय हो वा होइन, त्यो समय पाएपछि बुझौला । हाम्रो स्थानीय प्रशासन कतै उल्टो बाटोमा त हिड्दै छैन ? अहिलेको कोरोना महामारी र संकट व्यवस्थापनमा सामाजिक दुरी र स्वास्थ्य सुरक्षा सावधानी नै महत्वपूर्ण हो ।

जव जेठ २० गते साँझ जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको अत्यन्तै जारी सूचनाले स्वास्थ्यकर्मी चिन्तित छन् । सिरियस बन्नु पर्ने अवस्थामा खुकुलोको सिमानै रहेन । कपिलवस्तुका स्वास्थ्यकर्मी भन्छन् आर्मी परिचालन गर्नुपर्ने अवस्थामा अत्यावश्यक सामानहरु, निर्माण सामग्री खरिद, उद्योगहरु र खोलानालामा नदीजन्य पदार्थ संकलन तथा ढुवानी, वैंकका जोर विजोर खाता नम्बरको कारोबार जस्ता लगाएतका कार्य खोल्ने निर्णय गरियो । उक्त निर्णयले दिनरात खटिरहेको स्वास्थ्यकर्मी दुखीत छन् । आर्मी परिचालन गर्नुपर्ने कपिलवस्तुको अवस्था हो । यहाँ उल्टो भयो, अझ सतर्कता अपनाउनुपर्ने बेला यस्तो खालको निर्णयले कपिलवस्तुमा सम्हाल्नै नसकिने स्थिती हुने होकी भन्ने डर स्वास्थ्यकर्मीमा छ ।
उता वैङ्कर्सहरु पनि प्रशासनको निर्णय प्रति असन्तुष्ट छन् । यस्तैगरी खुकुलोका नाममा सर्वसाधारण र पहुँच नपुगेका सामान्य व्यवसायी र मारमा परेका अन्य क्षेत्रलाई मात्र लागुहुने जस्तो गरी आएको संकट व्यवस्थापन केन्द्रको निर्णय कति कार्यान्वयन होला ? त्यो आउने दिनले निश्चयनै बताउला । कार्यान्वयनको स्थिती के हुन्छ अहिले बोली हाल्दा हतार होला भन्ने लाग्छ । सडक, बजार र गाउँघरमा हिड्ने प्रहरी पनि लम्बिदो लकडाउनले थाकिसके ।

कोभिड १९ र कपिलवस्तुको साइनो

कपिलवस्तुमा जेठ २० गते राती १०ः३० सम्मको कोरोना पोजेटिभको संख्या ३९३ पुगेको छ । पछिल्लो ४ दिन ९जेठ १७ देखि २० गते राती १० बजे सम्मको० मात्रै तथ्यांक कपिलवस्तुको कोरोना संक्रमितको संख्या २ सय १४ रहेको छ । जबकी चैत्र २५ गते पहिलो पटक देखिएको कोरोना पोजेटिभ जेठ १६ सम्म आइपुग्दा ५२ दिनमा जम्मा १ सय ७९ संक्रमित भेटिएका थिए । संक्रमित बढि हुनुमा प्रशासनिक कार्यक्षमता तथा नितिगत निर्णयले कपिलवस्तुमा कोरोना संक्रमण बढेको मानवअधिकारकर्मी बुझाई छ ।

नेपाल भर हालसम्म २०९९ कोरोना संक्रमित छन् । त्यसमध्ये सर्वाधिक रहेको कपिलवस्तुमा ३९३, दोश्रो रौतहट ३०५ र तेश्रो बाँके जिल्ला जहाँ २१३ छ । अव यी जिल्ला उच्च जोखिममा पर्छन कि पर्दैनन् सरकारको परिभाषामा । बाँकेमा त नयाँ सिडियो सडकमै निस्किनु भएछ । लकडाउन पालना गर्न गराउन ।

लडकाउनको मोडेलमा परामर्श ः

एकातिर संघीय सरकार कम र उच्च जोखिम जिल्लाको रुपमा लकडाउनको मोडालिटी र विकल्पको बारेमा छलफल गरिरहेको छ । ७७ जिल्लामै सवैभन्दा धेरै कोरोना संक्रमित भेटिएको कपिलवस्तु जिल्ला उच्च जोखिम रहेको पनि बताइएको छ । कोरोना संक्रमणको जोखिम कम र उच्च गरी वर्गाीकरण गरी खुकुलो बनाउने परिस्थिती छ । जोखिम कम भएका जिल्लामा सामाजिक दुरी कायम गरी आवश्यक स्वास्थ्य सावधानी अपनाएर बजार तथा उद्योगधन्दा, कलकारखाना र कृषि पशु क्षेत्र संचालन गर्न सकिन्छ तर उच्च जोखिम भएका ठाउँमा अत्यावश्यक खाद्यान्न, स्वास्थ्य सेवा कृषि पशु क्षेत्रको कार्य बढाउन सकिन्छ । कपिलवस्तु उच्च जोखिम, भद्रगोल र अव्यवस्थित क्वारेन्टाइन, नाम मात्रकै आइसुलेशन, अझ भनौ भने कमजोर स्वास्थ्य अवस्था र सेवा रहेको ठाउँमा थप जोखिम बढ्ने गरी निर्णय गर्नु कत्तिको उपर्युक्त होला ? सोचनीय छ ।

यदि कसैको प्रभावमा निर्णय भएको भए तथ्यका आधारमा अर्को पत्रमा भनौला नभए बाध्यता छ निर्णय गर्नुपर्ने कपिलवस्तु जिल्लाको परिस्थिती । त्यो समयले बताउला । यस विषयमा अझ गम्भिर हुनेकि जिल्लावासी तथा सरोकारवाला निकाय ? अन्त्यमा यो संक्रमण तत्काल त नरोकिएला तर पनि अत्यावश्यक सेवाका बस्तु, कृषि पशुपालन क्षेत्र, उद्योग व्यवसाय जस्ता सामाजिक दुरी र स्वास्थ्य सचेतना अपनाएर काम गर्न सकिन्छ ।

हरि अधिकारी कपिलवस्तु


प्रकाशित : २०७७ जेष्ठ २१, बुधबार ०३:१५

लुम्बिनी दर्पण

लेखकबाट थप

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई
प्रतिक्रिया

यो पनि पढौँ

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

बितेका दिन, बाँचेका अनुभूति

भविष्यको खोजीमा मेरो यात्रा

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

जीवनका निर्णय

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

विद्यार्थी जीवन ( कविता)

कला, संघर्ष र समाज रुपान्तरणको पर्याय ः सिद्धार्थ नाट्यशाला

विद्यार्थी जीवन

मेरो लक्ष्य, उज्यालो भविष्य

भर्खरै

  • प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

  • प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

  • पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

  • कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech