ताजा अपडेट

कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

सिंहदरबारमा सुरक्षा परिषद् बैठक

लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

देश र जनताको पिर कि सत्ताको ?

लुम्बिनी दर्पण २०७७ श्रावण ३०, शुक्रबार १५:३१
[sharethis-inline-buttons]

रुपेश कुमार श्रेष्ठ

एऊटा दहि मात्र खाने युवक लाई घर परिवार ले सम्झाएछन् बाबु दहि मात्र नखाउ रोटि, भात, फलफुल सबै खाले व्यन्जंनको मात्रा मिलाएर खाऊ दहि मात्र खादा स्वास्थ्य लाई धेरै नोक्सान हुन्छ, ज्वरो, रुघा खोकि, टाइफाइड हुन्छ भनेर घरकाले, नाता गोता आफन्तले, महिनौ सम्झउदा पनी त्यस युवाले बानीमा सुधार नल्याएको हुदा, उसले पढ्ने गुरु स्कुल सम्म परेशान भएका आमा बुबाले छोराको समस्या बारे अनुनय बिनय गरेछन् । त्यहाँ गुरुहरुले सम्झाउदा पनी नमाने पछी त्यो युवा लाई गुरुहरुको सल्लाह मा एक जना साधु (फकिर) कहाँ लगेछन् र सम्पुर्ण समस्या आउनु को कारण बताएछन् । अब हाम्रो समस्याको समाधान अन्तिम बिकल्प तपाई मात्र हो पार लगाई उद्दार गरि दिनुस् हामी तपाईको शरणमा आयौ भने पछि फकिर ले चिन्ता नलिनुस भनेछन् ।

अब फकाएर त्यस युवा लाई सोधेछन् बाबु तीमीले किन कसैको कुरा किन मान्दैनौ? भन्दा युवा ले भनेछन् मलाई दहि मात्र खान मन पर्छ सबैले जती खान हुदैन भनेर सम्झाउछन् मलाई झन खान मन लाग्छ । रात दिन नोक्सान हुन्छ मात्र भन्नुहुन्छ अति गरेपछि मैले यहाँहरुको कुरा पनी सुन्न छाडें । मलाई चित्त बुझ्दो तर्क मीलेन । जहाँ पनी जहिले पनी नोक्सानी हुन्छ मात्र भन्ने ? त्यसपछी फकिर ले भन्न थालेछन् कसले भन्छ दहि मात्र सेवन गर्ना ले नोक्सान हुन्छ भनेर, फाईदा फाईदा मात्र हुन्छ ? दहि मात्र सेवन गर्दा हजार फाईदा छन् जसमध्ये चार वटा भयकंर फाइदा छन् सुन भनेपछी युवा झसंग भएछ आज सम्म दहि मात्र सेवन गर्दा नोक्सानै को प्रबचन सुनेको कानले फाईदै फायदा त्यसैमा चार भयकंर फाईदा हुन्छ भन्दा त्यो युवा को ध्यान आकर्षित भएर सुन्न थालेछ र फकिर ले चार फाईदा को बिषय मा भन्न थालेछन् ।

एउटा दहि मात्र खाने को घर मा चोर आउदैन, दहि मात्र खाने लाई कुकुर ले टोक्दैन, दहि मात्र खाने ब्यक्ती पानी मा डुबेर मर्दैन, र अर्को दहि मात्र खाने ब्यक्ती कहिल्यै बुढो हुंदैन । किनकी चोर नपर्नु भनेको रुघा खोकी कासो लागेको रोगी रातभरि कासेको कासै गर्छ चोर जाग्राम बसेको घरमा जाने कुरै भयेन।त्यस्ता रोगीले लौरो टेकेर हिड्छ हात मा लौरो भएपछी कुकुर ले टोक्ने कुरै भएन । त्यस्ता रोगी मान्छे नुहाउने कुरा भएन ननुहाउने ब्यक्ति पानी को किनार मा नगए पानीमा डुबेर मर्ने कुरै भएन । यस्ता दहि मात्र सेवन गर्ने फोक्सो को रोगी हुनेनै भए फोक्सो को रोगी दुई चार महिना भन्दा बढि बाच्दै बाच्दैनन् त्यसकारण कदापी बुढो हुने कुरै भएन । अतःहाम्रा नेकपा का नेताहरु लाई लाखौ लाख कार्यकर्ता ले अनुनय वीनय गर्दा पनी मेरो गोरु को बार्है टक्का किन ? पद र कुर्ची को कती आत्तुरि, यती ठुला ठुला उद्घोष भएका छन् । सबै पुरा हुन सक्ने खाले कै छन्, पुरा भए पछि त बीसौ बर्ष नेकपा को कुन नेता ले पालो नपाउला । हेर नेता हो शरकार नढाले, पार्टि नफुटाए कल्प बृक्ष को बोट मुनी छौ, यदि बीपरित गर्यौ भने काल बृक्ष सिद्द हुने छ ।

फुलको माला लगाऊने की जुत्ता को माला तपाईहरु को हात माछ । केपी र प्रचण्ड मात्र होईन जीम्मेवार सबै नेता लाई स्पष्ट चीनेका छौ । लेखेर डायरिमा नोट गरि हाल्नुस मरता क्या नहि करता, हामी गाऊ छाड्नु पर्छ भने कालो मोसो दलेर गाऊ छोडौला । पार्टी एकीकरण गर्दा हामीलाई सोधेका थियौँ ? हामी मान्यौ बाम एकता अपरिहार्य थियो । राम्रै भयो, अब फुट के का लागी स्पष्टिकरण चाहिन्छ की चाहिदैन ? पार्टी नफुटे तपाईहरु को कुर्ची सधै शुरक्षित छ, केका लागी पार्टी फुट्ने त, लैनचौरको पैसा पचाऊन त होला । नेता जी हो ख्याल गर्नुस हामीले पनी धेरै बुझेका छौ भारतीय मिडीया, नेपाली मीडिया हेरेका छौ, धेरै सहेका पनी छौ, सहनु को पनी हद हुन्छ, अब सिमा नाघ्यो । पार्टी फुटाएमा दहि मात्र खाने ब्यक्तीका चार फाईदा तपाई नेताहरु ले पनी पाउनु हुन्छ अतः आ–आफ्नो ढिपी छाडेर सही ट्रयाकमा आउने की नआऊने । खेत मा भएका मुला नउखल्लीए पछी हल्लाएर काम नलाग्ने गरि छाड्न हामिले पनी जानेका छौँ ।

यो पनि बुझ्नु भएको होला, नेकपा नरहे, नेकपा बिनाको नेपाल एक पटक कल्पना गर्नुस त, देशले पाएको उपलब्धिको रक्षा हुन्छ कि हुदैन, नेकपा ले गरेको उद्घोषको कार्यान्वयन कस्ले गर्ला ? गर्लाकी नगर्ला ? नगरे के होला ? तपाईहरुले पार्टी अध्यक्ष ८ महिना पहिले छाड्दा वा ८ महिना पछि पाउँदा केहि फरक पर्दैन, तर तपाईहरु लाई त्यत्ति फरक नपर्नुका कारणका बावजुद देश जनता र पार्टी ले यती ठुलो क्षती ब्यहोर्नु पर्छ भने, तपाईहरु लाई कुन कारण र कोण बाट माफी दिने, तपाईहरु लाई इच्छाएको सजाय हामी कार्यकर्ताले दिन किन नपाऊने ? तपाईहरुको अरु केहि जिरह र प्रमाण छ भने प्रस्तुत गर्नुस् । आफुले आफैलाई ढाट्ने काम नगरौँ ।

एउटै डुङ्गामा सवार छौ, तपाई र हामी आफ्नै कारण ले डुबौला तर यंहा डुङ्गा डुब्दै छ, देश डुब्दैछ, यंहा हजारौ कार्यकर्ता को खुन र लाखौ कार्यकर्ता को पसिना डुब्दैछ । तपाईहरु लाई राजनीति लागेको छ । तपाईहरु लाई त लाजनीति लाग्नु पर्ने होईन र ? त्यस अर्थ तपाईहरु को असम्मान मा कालो झण्डा किन नदेखाऊने ? कारण सहित उत्तर दिनुस अन्यथा हामी पनी गौडा मा बसेर प्रतिक्षारत छौँ ।

फुटको पिडा……

दुबै पक्षका नजिकमा बसेका बामदेव गौतम संग सोध्नुस जन आन्दोलन पछिको बामन अवतार, गृहमन्त्री पछि स्थानिय तह बहुमतले जिताउने देव, माले भएपछिको गौतम अवतार आज सम्म गौतमै गौतम भएर भौतारिरहेका छन पार्टीमा लगानीका हिसाबले अब्बल स्थान पाउने पर्ने ब्यक्ति दरबार दरबार गएर सल्लाह दिने स्थानमा कार्यरत छ्न ।

यस्ता उदाहरणहरू अरू तमाम छन सिपि मैनालीलाई हेर्नुस, मोहन बैद्यलाई हेर्नुस, डा.बाबुराम भट्टराइलाई हेर्नुस छताछुल्ल छ कतै लुकेको छैन । कल्पवृक्षको रूखमुनि बस्ने कि कालकुट विषको रूखमुनि बस्ने आफ्नो कित्ता रोज्नुस । घुस लिने र घुस दिने दुबै अपराधी हुन भने पार्टी फुटाउने र पार्टी जुटाउन नसक्ने पनि दुबै अपराधी नै हुन भन्ने जनआवाज र जनगुनासो पनि यहि हो ।


प्रकाशित : २०७७ श्रावण ३०, शुक्रबार १५:३१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
  • सिंहदरबारमा सुरक्षा परिषद् बैठक
  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान
  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?
  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल
प्रतिक्रिया

यो पनि पढौँ

जीवनका निर्णय

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

विद्यार्थी जीवन ( कविता)

कला, संघर्ष र समाज रुपान्तरणको पर्याय ः सिद्धार्थ नाट्यशाला

विद्यार्थी जीवन

मेरो लक्ष्य, उज्यालो भविष्य

बिदेशिनु रहर होइन, बाध्यता हो ।

फागुन २१ को चुनाव तथा देश र जनताको भविष्य

WHO को पोलारिस : महामारीको तयारीमा म्यामोथबाट उत्पन्न काल्पनिक भाइरसको परिदृश्य

कपिलवस्तुका कक्षामा क्रान्ति : डिजिटल शिक्षाले बदलिँदैछ भविष्य

भर्खरै

  • कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • सिंहदरबारमा सुरक्षा परिषद् बैठक

  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान

  • स्वदेशमै सफलताको उदाहरण : सन्धिखर्कको ‘दिपेन्द्र रेस्टुरेन्ट एन्ड लज’ बनेको छ सेवाग्राहीको पहिलो रोजाइ

  • व्यापारीको गोदाममा फेरि अनुदानको मल, प्रहरीले छाडेपछि स्थानीयमा आशंका ?

  • राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

  • बाणगंगा–७ मा ससुराली आएका युवक बेपत्ता, खोजीमा सहयोग गर्न परिवारको अपिल

  • डेंगी नियन्त्रणमा वाणगंगा सक्रिय : घर–घर खोजपड्तालदेखि जनचेतनासम्म

  • नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

  • सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech